पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
पाँचथर–फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सञ्चालन भएको पालिका स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भूकम्पपीडितका भत्किएका घर व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा खटिएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य डम्बरबहादुर सिंहका अनुसार एमाले केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा माथिल्लो थाप्लेमा ७५ जना स्वयम्सेवक परिचालन गरिएको छ । स्वयम्सेवकले हेल्मेट, ज्याकेट, पन्जा जस्ता सुरक्षा सामग्री प्रयोग गरेका छन् । उनीहरूले भूकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरू पन्छाउने काममा लागिपरेका छन् ।
झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिराटनगबाट पक्राउ परेका छन् ।
सिमकोट गाउँपालिका–७ का जगत शाही ३७ वर्षदेखि भेडी गोठालोका रूपमा काम गर्दै आउनुभएको छ । ५४ वर्षका शाहीले १७ वर्षको उमेरमा भेडी गोठालोको काम थाल्नुभएको थियो ।उच्च पाटनमा पालनका लागि राखिँदै आएका भेडी गोठ फेदीतर्फ झार्दै गर्दा भेटिएका शाहीले भन्नुभयो, “जीवनको अधिकांश समय भेडी धपाउँदै बित्यो ।”
सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।
बाजुराको बुढीगङ्गा नगरपालिका–२, पहिरोको जोखिम रहेको बजेडी बस्तीमा पूर्वसूचना दिन मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्ने गरेकाले स्थानीयलाई पहिरो आएको पूर्वजानकारी दिन मेसिन (साइरन) जडान गरिएको हो ।
ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् ।
पूर्वी नवलपरासी जिल्लाको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३५ वर्ष बितेको छ तर यो सडक स्तरोन्नति हुने छाँटकाँट देखिँदैन । यत्तिका वर्ष बित्दा पनि सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई निकै सास्ती भोग्नु परेको छ। यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती र हैरानी खेप्दै आएका छन् । स्तरोन्नतिका लागि केही काम भए पनि वर्षाको बेला आउने पहिरोले सडक जस्ताको तस्तै बनाइदिने गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो।
दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो । सिकलसेल एनिमिया रोग भन्ने चौधरीलाई थाहा थिएन । उपचारको लामो प्रक्रियापछि सिकलसेल एनिमिया रोग भएको चौधरीले थाहा पाए । उहाँले त्यस बेलासम्म उपचारमा १५ लाख बढी खर्च गरिसक्नुभएको थियो ।
देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ ।
पर्वतको कुस्मा नगरपालिकाका एक कृषक हजुरबाको पालादेखि सुरु गरिएको रैथाने भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदै आएका छन् । कुनै बेला पैसा कमाउन खाडी मुलुक कतार र भारतको पन्जाब पुगेर दुःख गरेका ४७ वर्षे कृष्ण पौडेल अहिले गाउँघरमै खुसी छन् । कुस्मा नगरपालिका–१२ मा पर्ने ठुलीपोखरी गाउँमा अहिले पनि युवा कामको खोजीमा खाडी र भारतको मद्रासतिर जाने गर्छन् । कृषक पौडेल भने भेडापालन र खेतीपातीबाट मासिक ६० हजार कमाइ गरी गाउँघरमै रमाएर बस्नुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो ।
सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । आयोगले ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहीनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दाबी गर्नुभयो ।