हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सडक खण्डअन्तर्गत हेटौँडा–६ चौघडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ६ स्थित शान्तिटोल सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आइतबारदेखि सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ। रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ ।
कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि जिल्लाका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।
फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।
धरान उपमहानगरपालिकाको वडा २० मा रहेको सर्दुखर्दु खोलाको छेउमा श्रमदान र सहयोगमा पार्कमा निर्माण भएसँगै आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ।
काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आइतबार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको स्वाँतखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणसँगै एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा चार दिनसम्म चल्नेछ ।
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ ।
संरक्षण गर्न निर्माण भएका चरा आरक्षमा चरा असुरक्षित भएका छन् । कपिलवस्तुको कपिलवस्तु नगरपालिका –९ जगदीशपुर ताल (चरा आरक्ष) मा स्टिमर चल्न लागेपछि चरा सङ्कटमा परेका हुन् ।