काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारी साधनमा छुटेका रु. ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।
इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।
नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ ।
मेरो बाल्यकालदेखिका मिल्ने साथी पण्डित दुर्गाप्रसाद सापकोटा हुन् । उसको घरमा हिजो रातिको खलबल र रुवाबासीको कारणले रातभरी चिन्ताले सताइरह्यो । मेरो दुःखसुखका बालसखामाथि आइपरेको बज्रपातका कारण मोटामोटी रूपमा थाहा पाइसकेको थिएँ । उसकहाँ बिहानै पुगेँ । ओछ्यानमा ऊ झोक्राएर बसिरहेको थियो । अचानक मलाई देख्दा उसले केही सहज महसुस ग¥यो । मैले कुनै सान्त्वनाका शब्दहरू भन्न नपाउँदै उसको मनबाट उर्लिएर आएका व्यथा मुखबाट फुट्न थाले
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
शिवालय गाउँपालिकाले आफ्नै पालिका बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याएको हो ।
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको बताउनुभएको छ। बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै भएकाले शान्तिका लागि नै कर्म गर्नुपर्ने धारणा राख्नुभयो। गौतम बुद्धको शान्तिमार्गको दर्शन विश्वभर फैलिएको चर्चा गर्दै मानव कल्याणका लागि शान्ति, सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कालाकाटे–गढवा सडकखण्डमा कालोपत्रेका लागि पुरानो कालोपत्रे उप्काएर त्यसै छाडिएपछि स्थानीय बासिन्दा र यात्रु सास्ती खेपिरहेका छन् । सडकको ढुङ्गा उछिट्टिएर आँगनसम्म आइपुग्छ । धुलो भान्सा कोठासम्म पुग्छ । गढवा–कालाकाटे सडकखण्डको छेउमा घर हुनेहरू अहिले झनै समस्यामा छन् । गढवा गाउँपालिका–१, कुलापानीका नवराज शर्माले सडकमा आवतजावत गर्नेदेखि स्थानीयलाई समस्या रहेको बताउनुभयो ।
उत्तरी मोरङको लेटाङ नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण नगरपालिका हो । गुराँस फुल्ने डाँडादेखि साल फुल्ने समथर भूभाग रहेको लेटाङ नगरपालिकाले पर्यटन र कृषि उत्पादनका माध्यमले आर्थिक समृद्धि खोजिरहेको छ । यस नगरपालिकाका सम्भावना र चुनौतीबारे लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । लेटाङ नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हु