टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
मुस्ताङको एक विद्यालयले छात्रावासमा वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरिएको छ ।
इलामको रोङ गाउँपालिका–३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।
पर्वतको विहादी गाउँपालिकास्थित वडा ३ को कुमाल गाउँ केही वर्ष अगाडिसम्म माटाको भाँडाकुँडाका लागि चर्चित थियो । अहिले भने कुमाल जातिको परम्परागत पेसा विस्थापित भई एकादेशको कथा बनेको छ ।
‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
सहकारी अभियन्ता माधव देवकोटाको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियन्ता देवकोटालाई सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।
मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत–४ भामवाडा निवासी अग्निपीडित कुनतरी रावलको परिवारलाई सहयोग प्राप्त भएको छ ।
फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित हुनुभएको छ । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।
नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन गरिएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।
कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ ।