‘आलोचना गर्ने या सल्लाह दिने विषय निकै गाह्रो विषय हो तर प्रदेशको जति चाहिँँ होइन ।’ –लर्ड माउन्टबटेन देशमा प्रदेशको अभ्यास लामो छैन । छ वर्ष पूरा भएर सातौँ वर्ष प्रवेशको तयारीमा छ । यस बिचमा कैयौँ प्रदेश सरकार फेरबदल र एउटा मन्त्रालय फोर्दा या बढाउँदा करोडौँ खर्च मात्रै बढेको भनेर आवश्यकताभन्दा बढी प्रचार गरिएकाले प्रदेश आवश्यक छैन भन्ने जनमत अप्रत्याशित रूपमा बढ्दो छ । स्थानीय तह र केन्द्र सरकार मात्रै भए
पृथ्वी सतहमा विभिन्न किसिमका घटना निरन्तर भइरहन्छन् । यी घटनालाई दुई भागमा राखेर हेर्दा बुझ्न सजिलो हुने देखिन्छ । यी घटना हुन्, प्रकृतिजन्य र मानवजन्य । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, भूस्खलन, बाढी, सुक्खा, चक्रवात, हिमपात, शीतल पर्छन् भने मानवजन्य घटनाभित्र अकाल, युद्ध, दङ्गा, महामारी, आतङ्कवाद, विषाक्त रसायन आदि आउँछन् । भूकम्प प्राकृतिकजन्य र मानवीयजन्य दुवै घटनाभित्र पर्दो रहेछ । यसबाट कमै समयमा निकै बढी जनधनको क्षति हुन जान्छ । भूकम्प एउटा यस्तो घटना हो जसको अगाडि सबै प्राणी मूकदर्शक भएर बस्नुबाहेक अर्को कुनै विकल्प हुँदैन । विश्वका मध्यवर्ती
मैले पनि मङ्सिर ९ गते नेपालगन्जमा हुने म्याराथनमा अरू धावकसँगै सडकमा दौडिन खेल सामग्रीको जोहो गरिसकेँ । पक्कै, म पनि सडकमा धावक बन्ने छु । म ७० तिर लम्कँदै गरेको युवा हुँ । म्याराथनको यो सिरिज नेपालगन्जको गौरव हो । अन्तर्राष्ट्रिय मान्यता पाएको एथलेटिक्स पनि हो । सद्भावनामै खलल आइरहेको र घृणा व्यवसाय फस्टाइरहेका बेला यसले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई प्रतिनिधित्व गराएर एकै लयमा सडकमा उतारेर दौडन प्रेरित गर्दै छ । आयोजकको
जलवायु परिवर्तन वर्तमान विश्वका लागि सर्वाधिक चासोको मुद्दा हो । समग्र पृथ्वी, जीवन र जीविकोपार्जनमा गम्भीर ढङ्गले प्रतिकूल प्रभाव पार्दै लगेको जलवायु परिवर्तनको घटनाले यतिबेला सबैभन्दा बढी मर्का कम विकसित देश (एलडिसी) हरूलाई परेको छ । त्यसमा पनि हिमालय वरपर र समुद्र तटीय क्षेत्रमा अवस्थित देश ज्यादा जो
दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका–५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो । पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्नेसम्बन्धी विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासाथ मानव सेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विधेयक ल्याउने बताउनुभएको हो ।
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।
सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध हुुनेलाई सहयोग गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकका लागि पहल गरिदिने अपेक्षासहित अनुरोध गरिएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन पाइलटका रूपमा चालु आर्थिक वर्षमा दुई हजार श्रमिकलाई योजनामा आबद्ध गराउने लक्ष्य कोषले लिएको छ ।
विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो ।
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताउनुभयो । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उहाँले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताउनुभयो ।
चाडपर्वलाई लक्षित गरी खोलिएको सहुलियत मूल्य पसल आगामी माघसम्म निरन्तर सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहुलियत दिन माघसम्म निरन्तर सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर गत असोज २१ देखि कम्पनीले मुलुकभर सुपथ पसल सञ्चालन गरेको थियो । कम्पनीका बिक्री प्रमुख भीम थापाले माघीपर्वलाई लक्षित गरी माघसम्म सुपथ पसल निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । सुपथ पसलमा ग्राहकको आकर्षण बढ्दै गएकाले पनि निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । बजारमा मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री भएकाले पनि सामान खरिद गर्न ग्राहक आउने गरेको कम्पनीले जनाएको छ । सुपथ पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई करोड ३२ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।