जिल्ला प्रहरी कार्यालय कास्कीले जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ ।
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो ।
दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।
करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
गाजापट्टीका ६१ जना बिरामी उपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अंकारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।
सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ ।
महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मंसिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ ।
नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बन्नुभएका उहाँले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताउनुभयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यो पटक निर्वाचन क्षेत्रमा आउँदा मुख्य कार्यक्रम नै आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण रहेको पाइएको छ । उहाँको तीन दिने गृह जिल्ला झापा भ्रमणमा दुई दिन लौरो वितरण कार्यक्रममा सहभागी बन्नु भयो ।
चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । सञ्चालनमा रहेका कतिपयमा त मौजुदा सिटामोललगायतका अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीसमेत छैनन् । पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । यस स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगी अध्यययन गर्ने नाममा राजीनामा दिएर हिँड्नुभएको छ ।
पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा १४ वटा खसी काटेर प्रसादका रूपमा बाँडिएको छ । मेलौली नगरपालिका–९, असुरगाउँमा द्वितीया मेलाका दिन बाजागाजासहित छोरा जन्मेको घरमा भैलौ खेल्दै खसी मागेर छालाको भकुन्डो खेल्ने चलन छ । पहिलो पटक छोरा जन्माउनेले द्वितीयाका दिन प्रसादका रूपमा अनिवार्य खसी दिने परम्परा छ । स्थानीय भट्ट, लोहार र दमाई जातिको बसोबास रहेको असुर गाउँमा पहिलो छोरा जन्माउने परिवारले तिहारको भैलोमा खसी दिने परम्परा रहेको स्थानीय मुखिया वीरभद्र भट्टले बताउनुभयो ।