उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ ।
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको सबैभन्दा महत्त्वपूर्ण कौरा नाच लोप हुँदै गएको छ । यसको जगेर्ना गर्न भन्दै अहिले मगर समुदायका युवाहरू कम्मर कसेर लागेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ।
नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मङ्सिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुनेभएको छ । पर्यटन बोर्डमा मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १०–१० जनाको टोली १३ समूहमा पठाउने भएको छ ।
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला हुने भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ चित्रेमा अग्रजको सम्मान, कला संस्कृति जोगाउँदै 'पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यही मङ्सिर ६ गतेबाट मेलाको आयोजना गरिएको बाह्रमुले युवा क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो।
नेपाल मोर्डन पेन्टाथलोन सङ्घ (एनएमपीए) को आयोजनामा बुधबार दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता हुनेभएको छ । सङ्घले राष्ट्रिय प्रतियोगिता पछि मङ्सिर १० गते युआइपिएम ग्लोबल–लेजर रन सिटी टुर गर्ने जनाएको छ ।
जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुग्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताउनुभएको छ ।
नारायणी नदीमा दुई हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजा माछाका भुरा छोडेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुई वटा दर्ता भएको हो ।
सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्यास)लाई दुई लाख रुपियाँ जरिवाना तिराएको छ ।
बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरूको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।