सिन्धुली जिल्लाको विभिन्न ठाउँमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको निर्माण गति सुस्त बनेको छ ।
म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा आयोजित नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशा विषयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।
मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो ।
नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै हुनुहुन्छ । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो ।
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो ।
दैनिक हजारौँको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारमा बिदेसिइरहेको अवस्थामा धरानका २९ वर्षीय सरल राई ठेलाबाटै खाजा बेचेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ । दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।
हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।
धनकुटा नगरपालिकाका करिब सय परिवार कृषकले अहिले एलपी ग्यासको विकल्पमा बायो ग्यासको होम सिस्टम प्रयोग गर्दै आएका छन् । गाई भैँसीको गोबर तथा कुहिने फोहोरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर यो प्रविधि रुचाउन थालेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ ।नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद गुज्रिएको मदिरा तथा पेय पदार्थ बिक्री गर्ने व्यापारीलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।