साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई कात्तिक १७ गते ६.८ रेक्टर स्केलको भूकम्प गएपछि बारेकोट गम्भीर सङ्कटमा छ । अस्थायी बसोबास निर्माण, खाद्यान्न, न्यानो कपडा, विद्युत्, पानीको व्यवस्थापन र पुनर्निर्माणको काममा पालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । भूकम्पले १५७ जनाको मृत्यु र ३४ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । भूकम्पले बारेकोटमा गम्भीर क्षति पु¥याए पनि विकास निर्माणको नयाँ सम्भावनासमेत लिएर आएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भन्नुभयो, “पालिकाको सम्पूर्ण शक्ति खोज, उद्धार, राहत वितरणपछि पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ ।”
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ दार्म गाउँको देउली बजारमा विगत पच्चीस वर्षदेखि खानेपानीको समस्या उस्तै रहेको पाइएको छ । खानेपानीको श्रोत नजिक नहुनु र बनेका योजना पनि गुणस्तरीय काम नभएको कारण खानेपानीको समस्या उक्त बजारका स्थानीयले भोग्दै आउनु भएको हो ।
कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ । सो पुल २०५२ सालमा निर्माण गरिएको हो । पुलको पिल्लरको तल्लो भाग देखिन थालेपछि यात्रु र सवारीचालक जोखिम महसुस गर्न थालेका छन् । कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जोखिमपूर्ण बनेको एक दशक भइसकेको छ तथापि सो पुलको मर्मततर्फ कसैको ध्यान जान सकेको छैन ।
पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्सिर ७ गतेदेखि लाग्ने भएको छ । मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने छ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्दै आएको छ । परापूर्वकालमा सत्यवती बज्यै घनाजङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ ।
नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर खड्काले रोटेपिङ खेल्न नपाएको १० वर्ष भएको थियो । यो वर्षको दसैँतिहारमा भने उहाँको इच्छा पूरा भएको छ । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पनि पिङ देख्न त परै जाओस्, खेल्न पनि पाइएको छैन,” उहाँले भन्नुभयो, “अहिलेका दिनमा युवा पुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको देखिन्छ ।”
हिउँचितुवालाई हिमालकी रानीका रूपमा पनि चर्चा गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवाले वातावरण सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । प्रत्येक वर्ष हिउँचितुवाको सङ्ख्या घट्दै गएकाले यसको संरक्षण गर्न अत्यावश्यक भएको एक कार्यक्रमका सहभागी वक्तालेऔँल्याएका छन् ।
मधेशका जिल्लामा छठ पर्वको समापन भएको छ । यसको रौनक भने अझै सकिएको छैन । सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि एकअर्काको घरमा प्रसाद पठाउने र भोजन ग्रहणपछि व्रतालु छठको थकान मेट्न लागेका छन् । अर्कोतिर धान काट्ने चटारो पनि छ । यो बेला बालबालिकाको पनि आफ्नै संसार र व्यस्तता छ । दसैँतिहार लागेदेखि मधेशका विद्यालयमा छुट्टी छ । यही मौका पारेर बालबालिकाको जमात अहिले धानको सिला खोज्न व्यस्त देखिन्छ ।
बर्दीबासको सुदूर उत्तरी क्षेत्रमा पर्ने भब्सी खोलाको कुलो मर्मत नहुँदा राइमण्डल गाउँमा खाद्यान्नको समस्या बढेको छ । चुरेको फेदीमा रहेको यो पुरानो बस्तीमा जनजातिका ५४ परिवारको बसोबास छ । त्यहाँ करिब ५० बिघा खेतीयोग्य जमिन छन् । गाउँलेका अनुसार कुलोमा पानी बग्दा ती जग्गामा धान, गहुँ, मकै गरी वर्षको तीन बाली उत्पादन हुन्थे । प्रतिकट्ठा अन्न बाली तीन मन फल्ने गरेको गाउँलेले बताउनुभयो । दलहन र तरकारी पनि उत्तिकै फल्थे । प्रचुर उत्पादन र सदाबहार हरियालीले गाउँमा खुसी छाउँथ्यो ।
पोखरा महानगरको वडा नं. १०, रामघाटमा बौद्ध अर्घाै सदन परिसरमा भव्य गुम्बा बनेको छ । करिब १९ करोडमा बनेको गुम्बा सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभयो ।
सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको छ । सरकारले अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले वास्तविक समयका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियो रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा सेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको स्पष्ट गरेको छ ।
नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिनुभयो ।
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार) साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
तगारो कटेपछि आफ्नै दिसा कुल्चँदै हिँड्नुपर्ने वा लिस्नोमुनि खाल्डो खनेर दिसापिसाब गरी पराल वा भुसले छोप्ने शौच अभ्यासबाट अहिले अधिकांश नेपाली मुक्त छन् । यसो छेउकुनो पारेर वा बर्कोले टाउको ढाकेर कसैले नदेखेको ठानेर खुला रूपमा मलमूत्र त्याग्ने अभ्यास लाजभन्दा फोहोरका कारण घातक हो । शरीर स्वस्थ राख्न खाने र विकार त्याग्ने अपरिहार्य प्रव्रिmया हो तर त्यो विकार जथाभाबी त्याग्दा त्यसका हानीकारक जीवाणुको सङ्क्रमणले व्यक्ति, परिवार र समुदायमै