दसैं तिहारको बेलामा गोरखापत्रको एक दुईवटा पाना चोरेर मैले चङ्गा बनाउने गर्थेँ । चङ्गा उडाउने बानी परेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार ६०३ जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो ।
चर्च ब्वाइज युनाईटेड क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा न्यरोड टिम (एनआरटी) लाई ४-१ गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताउनुभएको छ। नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका नाम्सापुराण गुम्बामा मूर्तिको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।
महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइल खुल्दै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताउनुभएको हो ।
इलाम जिल्लाको पर्यटकीयस्थल श्रीअन्तुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्माण गरिएको सुन्दर रिसोर्ट ।
नेपाल भलिबल संघले आगामी जुन १८ देखि २५ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ ।
गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।
जिल्लाको बिरुवा गाउँपालिकामा सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
कर्णाली प्रदेशभरि ११ वटा ठूला महत्त्वका आयोजनाहरू सञ्चालनमा छन् । सङ्घ तथा प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएका आयोजनामध्ये चार वटा आयोजना निर्माणले मात्रै तीव्रता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।