नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।
सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ ।
सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषद्बाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।
बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमबार एमेच्योर गल्फर टासी छिरिङले अग्रता लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोगापेक्षी सडकआश्रित मानवहरूको समुचित व्यवस्थापन हुनेगरी आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।
उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका–५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल सधैँ ओझेलमा रहनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–५ को सृजनशील युवा क्लबले आयोजना गरेको खुला ग्याजा कप भलिबलको उपाधि ज्वालामुखी क्लब धादिङले आफ्नो पोल्टामा पारेको छ ।
देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
फिफा विश्वकप २०२६ एएफसी छनोटको समूह ‘एच’ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले मङ्गलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।