गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो।
हाम्रै घर वरिपरि पाइने डाङ्ग्रे सारौं चराको यतिबेला ‘ब्रिडिङ सिजन’ (प्रजनन समय) चलिरहेको छ । परिवार वृद्धिका लागि यी प्रजातिका चरा अहिले मानव बस्ती नजिकका रुख, विद्युतको पोल, गुज्जमुज्ज भएको तार लगायत स्थानमा गुँड बनाइरहेका छन् । डाङ्ग्रे सारौं गाउँघरमा पाइने सामान्य अवस्थाका चरा प्रजाति हुन ।
नायिका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकारको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को आज शुभसाइत गरिएको छ ।
शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहने फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी बेहुलीझैँ सिङ्गारेर २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाइएको छ । लुम्बिनीलाई सजाएर झकिझकाउ बनाएर जयन्ती मनाइएको हो । बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका, अनुयायीहरुको बाक्लो सहभागिता रहेको थियो । आज शुक्रबार बिहानै शान्ति ¥याली निकालिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति तथा संसदीय दलको बैठक सुरु भएको छ।
रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ।
नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।
नेपालमा २४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १६२ जना सक्रिय सङ्क्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनले अमेरिकाको सहयोगद्वारा सञ्चालित योजनाबाट सकरात्मक परिणाम निस्केकोमा आफू खुसी भएको बताउनुभएको छ ।