हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो । मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताउनुभयो । उहाँले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताउनुभयो ।
चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।
बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गर्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु एक पटकको लागि निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।
बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
श्रद्धा, भक्ति र शुद्धताको प्रतीकको रुममा मानिने तराई मधेसको महत्त्वपूर्ण पर्व आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइएको छ ।
हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो ।
मोर कोरिडोरअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्नेगरी तमोर नदीमा सुरु गरिएको पक्की मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । आजभन्दा करिब ६ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो ।
इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबिच भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्नेगरी तीन बुँदे मैत्रीपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलन मङ्सिर ११ गते देवचुलीमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार पहिलो जिल्ला सम्मेलन हुन लागेको हो ।
दाङमा दसैँ र तिहार पर्वको समयमा दुईसय बढी सवारी दुर्घटना भएका छन् । दसैँ र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कात्तिक ३० गतेसम्म करिब एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । धनुषा, बारा, सर्लाही र सप्तरीबाट प्राप्त छठ पूजाका तस्बिरः