• २१ असार २०८१, शुक्रबार

मोहना नदी घाटमा मनाइदैं छठ पर्व (फोटो फिचर)

blog

मोहना नदी घाटमा छठको पूजा गरिदैं र छठ पूजामा उपस्थित श्रद्धालुहरू । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर ३ गते । कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठका लागि मोहना नदी घाटलाई दुलहीझैँ श्रृङ्गारिएको छ । पछिल्लो समय यो पर्व सद्भावको पर्वको रूपमा स्थापित हुँदैगएको छ । छठ मनाउन मधेसी मूलका व्रतालु मात्रै नभई पहाडी, थारु समुदायका व्यक्ति पनि मोहना नदी घाट पुगेका छन् । 

आज साँझ आयोजित छठ पूजा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसमेतको उपस्थिति थियो । 

भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर छठ पर्वको समापन गरिने धनगढी उपमहानगरपालिका –१ की व्रतालु रमावती गुप्ताले बताउनुभयो । उहाँले आफ्नो पति, छोरा र नातिहरूको दीर्घायुको कामनासहित हरेक काममा सफलता प्राप्तिका लागि आफूहरूले छठ पर्वमा व्रत बसेर छठी मैयाँको पूजा आराधना गर्नेगरेको जानकारी दिनुभयो ।