नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको पोखरियालाई नमुना स्मार्ट सिटीका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ।
दाङको राजपुर गाउँपालिकामा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर गाउँपालिका–२ को पवित्रनगरमा सो केन्द्रको उद्घाटन गरिएको हो ।
विभिन्न सङ्घसंस्थाले भूकम्प पीडितका लागि उपलब्ध गराएको आठ सय थान त्रिपाल र ३५ रोल ओछ्याउने फम जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार प्रभावित जिल्लातर्फ पठाएको हो।
नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले जाजरकोट, रुकुमपश्चिमका भूकम्पपीडितका लागि पार्टीले सुरु गरेको पुनर्स्थापनाको काममा सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ रैतमा लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय दिलबहादुर क्षेत्रीले घरमा लुकाइछिपाई राखेको अवैध लागूऔषधलाई गोप्य सूचनाको आधारमा पहरीले पक्राउ गरेको हो ।
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।
ताप्लेजुङमा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी भएर आउनुभएकी हिरादेवी पौडेलले आपसी सहयोगलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।
आदिवासी जनजाति महासङ्घले चरणबद्धरुपमा प्रदेश स्तरीय पहिचान सभाको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद वेदाश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट महायज्ञ सप्ताह सुरु भएको छ ।
पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश नदिएको हो।
माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङको विकासका लागि पाँच करोड बराबरको योजना सञ्चालन हुनेभएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।