राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठले दायर गर्नुभएको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको–एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठक सुरु भएको हो ।
हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एवम् नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआन बिच शिष्टाचार भेटघाट भएको छ ।
कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन ।
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमबार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो ।
“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुन्थ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।”
गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ ।
नेपालगञ्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैत मसान्तसम्म भन्दा चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत मसान्तसम्म चामल आयातमा ५१ प्रतिशतले कमी भएको छ। भन्सारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक लाख ४० हजार २८९ टन चामल आयात भएकोमा चालु आवको सोही अवधिमा ५२ हजार ३४९ टन मात्रै आयात भएको छ।
थारू समुदायको बाहुल्य भएको गाउँबस्तीमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल र थालेसेमियाको रोग नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले थारू समुदायका महिला र पुरुषमा बढी देखिएको सिकलसेल र थालेसेमियाको रोगको नियन्त्रणका लागि सुरु गरिएको अभियानप्रति सो समुदाय बढी आकर्षित भएपछि अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो।
नेपाली साहित्य वर्तमान अवस्थासम्म आइपुग्नुमा करिब तीन शताब्दी लामो यात्रा हजारौँ व्यक्ति, सङ्घसंस्था र समूहको व्यक्तिगत तथा समूहगत प्रयासको फल हो भन्नेमा दुई मत छैन । सुवानन्ददासबाट