गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताउनु भएको छ ।
भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण सम्पन्न भएको छ । रङ्गशालाका लागि आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निर्माण सम्पन्नसँगै रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको हो ।
यो एक जोडी चप्पल ३३ वर्ष पुराना हुन् र यी इजिप्टका फारो तुतनखामुनको भएको बताइएको छ । काठले चप्पल बनाइएको छ र त्यसमा छालाको मोलम्मा चढाइएको छ । साथै सजाउनका लागि सुनको पत्र राखिएको देखिन्छ । चप्पलको बाह्य तलुवा प्लास्टरले बनाइएको तथा रुखका बोव्रmाले बनाइएको रेसाद्वारा सिलिएको छ ।
पश्चिमी अस्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिङ सहर नजिक संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ । त्यहाँ प्राचीनकालको समुद्री जनावरका असङ्ख्य अवशेष राखिएको छ, जसमा प्लेकोडर्म पनि रहेको छ । त्यहाँ प्लेकोडर्मको ३८ करोड वर्ष पुरानो मुटु राखिएको छ । सन् १९४० को दशकमा फिट्जराय क्रसिङको नजिक उक्त माछाको जिवावशेष फेला परेको थियो तर सन् १९६० को दशकसम्म थ्रिडी संरक्षण प्रविधिको उपलब्धता हुँदासम्म
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
सात हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन । समयमै निर्माण सम्पन्न हुने अवस्था छैन । निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना अधुरै छ ।
प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताउनुभएको छ ।
सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।
माध्यमिक तहको पढाइका लागि तिनाउ–४, सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँड्न बाध्य छन् । गाउँमा माध्यमिक तहको पढाइ हुने विद्यालय नभएपछि यहाँका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर पढ्न अन्यत्र जाने गरेका छन् । सत्यवती, लगाड, कोलडाँडालगायत गाउँका ३० भन्दाबढी विद्यार्थी माध्यमिक तहको पढाइका लागि तिनाउकै अर्को वडामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा पढ्न जाने गरेको स्थानीय अभिभावकले बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीको हाताभित्र पर्ने राप्ती गाउँपालिकालाई फोहोर व्यवस्थापनमा समस्या छ । राजधानी क्षेत्र र पालिकाको फोहोर व्यवस्थापनका लागि सामुदायिक वन रोजे पनि वनसम्बन्धी अधिकार पालिकामा नहुँदा त्यसको व्यवस्थापनमा सधैँ समस्या भोगिरहेको छ ।
अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यसहित अपाङ्गता सहायक सामग्री वितरणपछि अपाङ्गता भएकाहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएकामा केही गरेर देखाउने आत्मविश्वास पलाएको मात्रै छैन आत्मनिर्भर भएर देखाउने हिम्मत पनि जुटेको उनीहरूको भनाइ छ ।