अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरो कप २०२४ मा स्थान बनाएको छ । क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम समेत बनेको छ ।
पोखराको नागढुङ्गामा रहेको एक होटलमा मङ्गलबार साँझ अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । नागढुङ्गाको होटल युनिकमा तनहुँकी ३८ वर्षीया सुुकु विक अचेत अवस्थामा भेटिनुभएको थियो ।
पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ६ वर्षदेखि अलपत्र छाडिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।
समर्थकबीच हानाहान र मैदानमा खेलाडीको तनावबीच सम्पन्न भएको खेलमा घरेलु टोली ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको मङुगलबार राति भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।
कृृषि तथा वनविज्ञान विश्वविद्यालयले बिहीबारदेखि तीन दिवसीय ग्राजुएट (पहिलो स्नातक कार्यशाला) सम्मेलन गर्ने भएको छ ।
विद्यालय स्तरको पाठ्यपुस्तकमा यौनिकता सम्बन्धी शिक्षालाई समावेश गरिनुपर्ने कैलाली-कञ्चनपुरका सरोकारवाला निकायले माग गरेका छन् ।
मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनको विजेताले दुई लाख रुपियाँ पाउनेछन्
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।
सुन्तलाको बजार प्रवर्द्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इण्डोनेसियाले गाजाका लागि थप सहायता सामग्री पठाएको छ । इण्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।
टर्कीले गाजा पट्टीबाट हालसम्म आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ ।
लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् ।