नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गर्नुभएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो ।
१७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ ।
पछिल्लो समय तनहुँमा कामको खोजीमा विदेशिने महिला ह्वात्तै बढेका छन् । जिल्लामा पहिला वैदेशिक रोजगारीको लागि पुरुष मात्रै लर्को लाग्ने गरेकोमा हाल महिलाहरूको विदेश जाने क्रम पनि बढ्दो छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा स्टिमर सञ्चालनमा रोक लगाइएको छ । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले गत कात्तिक २८ गतेदेखि तालमा स्टिमर सञ्चालनमा ल्याएको थियो । तालमा सञ्चालन रहेको स्टिमर डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको हो ।
कालीकोट जिल्लामा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ। रास्कोट नगरपालिका वडा नम्बर २ निवासी शिक्षक मनी सार्कीको आफ्नै खर्कमा शङ्कास्पद मृत्यु भएको हो। राति मदिरा सेवन गरेर गाउँ गएका सार्की बिहान हेर्दा आफ्नै खर्कमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्नुभएको छ ।
बाजुरामा दसैँ र तिहार सकिएसँगै अधिकांश गाउँ बस्ती खाली हुन थालेका छन्। पर्व मनाउन गाउँ बस्तीमा आएका विद्यार्थी तथा परदेशी युवा कात्तिक र मङ्सिरमा गहुँ खेती लगाएर पढ्न तथा रोजगारीका लागि फेरि सहर फर्किन थालेपछि बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका हुन्।
मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खलबलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दु धर्मगुरुले गाई काट्ने व्यक्तिहरूको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइरल नै भयो । त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कागज गराई छाडेको थियो ।