प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ ।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।
नारायणी नदीमा डुबेर एक दम्पतीको ज्यान गएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा –२ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उहाँको श्रीमती ४५ वर्षीय बगरी बोटेको ज्यान गएको हो ।
सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ ।
सिन्धुपाल्चोकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको छ । सिन्धुपाल्चोकै दुर्गम गाउँले चिनिने हेलम्बु गाउँपालिका –३ पाल्चोकमा सम्पन्न पाल्चोक खानेपानी आयोजनाले ५९९ वटा धारा निमार्ण गर्दै २४ सौं घण्टा पानी उपलब्ध गराएको छ ।
तीन दिनअघि माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भई गत वैशाख २७ गते निधन भएका जिउँदो शहीद बनेपाका मुकेश कायस्थको परिवारमा दुःख व्यक्त गर्नुभएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ ।
स्याङ्जाको गल्याङमा एकै रातमा पाँच घरमा चोरी भएको छ । आइतबार राति गल्याङ नगरपालिका –३ का पाँच घरबाट नगद, सुनचाँदी, लत्ताकपडा लगायतका सामग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ ।
गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
सडकमा जीवनयापन गरिरहेका मानिसहरूको मानवोचित व्यवस्थापनका लागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ ।