प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई यहाँस्थित नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ । भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आउनुभएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताउनुभयो । उहाँले ट्रकलाई बेलुकी साढे ७
जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन स्थानीय निकाय तथा सरोकारवालालाई सातदिने अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र बक्यौता महसुल नबुझाए लाइन काटिने जनाएको छ । प्राधिकरणले लामो प्रयासका बाबजुद यस्तो महसुल उठाउन नसकेपछि रकम शोधभर्नाका लागि सङ्घीय सरकार अन्तर्गत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो तर अर्थ मन्त्रालयले सडक बत्तीबापतको भुक्तानीको जिम्मा सम्बन्धित स्थानीय तहकै हुने र उनीहरूमार्फत नै असुल गर्न पत्राचार गरेपछि प्राधिकरणले पछिल्लो पहल थालेको हो । प्राधिकरणले गत असोज २१ गते यस्तो महसुलसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
ललितपुर महानगरपालिकाले आधुनिक प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाले विपत् व्यवस्थानका लागि इसुजी कम्पनीका दमकल सञ्चालनमा ल्याएको हो । आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गर्नुभएको थियो । जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपियाँमा महानगरपालिकाले खरिद गरेको कार्यव्रmममा जानकारी गराइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेपाल सरकारको मन्त्रीपरिषद्ले सरकारी लिखतमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गरिने कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सो कुरा बताउनुभएको हो । “आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन् । हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले सङ्घर्ष गरेका छन्,” उहाँले भन्नुभयो, “यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने छ ।”
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले आयोजना गर्न लागेका छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ ।
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।
समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।
वनबाट मानववस्ती पसेका जङ्गली हात्तीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ को पथलवाघाट टोलका पाँच वटा फुसको घर भत्काएको छ।
लिगमा सहभागी नौ वटै टोलीका प्रशिक्षक र मार्की खेलाडीले टोलीको अभ्यास र तयारी पूरा भएकोले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
विश्व सिमसार एवम् पंक्षि आरक्षक्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा पर्यटक डुङ्गामा रमाउने गरेका छन् । तालमा डुङ्गा सञ्चालन भएपछि दैनिक आन्तरिक पर्यटकको डुङ्गामा रमाएका हुन् ।
सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिनुभएको हो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उहाँले गठबन्धनको राजनीति खराब र विकृतिपूर्ण भएको बताउनुभएको छ । पछिल्लो समय विभिन्न राजनीति दललाई सडकको राजनीति प्यारो लाग्ने गरेको महामन्त्री थापाले टिप्पणी गर्नुभयो ।
नेपाली र चिनियाँ कलाकारको पौभा र थांका चित्रकला समेटिएको महत्वपूर्ण पुस्तक प्रकाशनमा आउन लागेको छ।