काठमाडौं, मङ्सिर ७ गते । काठमाडौंमा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे ।
रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ । मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो ।
चित्लाङ आसपासको केन्द्रबिन्दु भएर गएको यो भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो ।