दैलेखको गुराँसे क्षेत्र । गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सय बढी किसानहरूको मुख्य आम्दानीको श्रोत तरकारी खेती हो ।
मोरङको उर्लाबारी ७ इटहरारोडकाे सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आगलागीमा शक्त घाइते हुनु भएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ । तामाङको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
बागमती प्रदेश सरकारले ल्याएको विपन्न समुदायलक्षित खरको छानामुक्त कार्यक्रम कार्यान्वयनको तयारी भएको छ । न्यून मानव सूचकाङ्क भएका स्थानीय तहमा स्थायी बसोबास गर्ने, आफ्नो स्वामित्वको जग्गामा घर भएका दलित, सीमान्तकृत, विपन्न र पिछडिएको बस्तीमा खरको छाना विस्थापन गर्ने गरी प्रदेश सरकारले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको यस कार्यक्रमको प्रगति विगतका वर्षमा शून्य प्रायः छ ।
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकको विश्वास छ ।
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएर बिजुलीले झलमल्ल भएको छ । पछिल्लो समय वडा नं. ७ को तोस्राम खोला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि गाउँपालिकाका ११ वटै वडामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पु¥याउने लक्ष्यसहित धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न देवीदेवताका मन्दिरमा मेला (जात्रा) को रौनक सुरु भएको छ । पुख्र्यौली थलो छाडेर तराई झरेकासमेत इष्टकुल देवीदेवताको पूजाआजा गर्न पहाड चढ्न थालेका छन् । स्थानीय देवीदेवताका मन्दिरहरू सिँगारिन थालेका छन् भने देवीदेवताको पूजाआजा गर्न मेला, जात्रा आयोजना हुन थालेको छ । डडेलधुराको अमरगढी नगरपालिका–७, पोखराको खोला किनारमा रहेको शैलेश्वर महादेव मसानमा आइतबार राति पूजाआजासहित मेला लागेको वडाध्यक्ष खड्कबहादुर बोहराले बताउनुभयो ।
साबिकका धारापानी, ताचैबगरछाप र थोँचेलगायत गाविस मिलेर बनेको नासोँ गाउँपालिकामा नौ वटा वडा समावेश छन् । सडक पहुँच पुगे पनि साना चारपाङ्ग्रे सवारीबाहेक अन्य सवारीसाधन यहाँ चल्दैनन् । नासोँ गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा राखी विकास गरिरहेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित धनबहादुर गुरुङले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । अध्यक्ष गुरुङसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौती तथा सम्भावनाका सन्दर्भमा गोरखापत्रका पत्रकार यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :
सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामाचकेवा’ पर्व छठको एक दिनपूर्व गरिने खरना विधिको दिनबाट प्रारम्भ भएको छ । तराई मधेशमा छठपर्व आगमनसँगै चेलीबेटी र माइती पक्षबिच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीक सामाचकेवा पर्व शनिबारबाट प्रारम्भ भएको हो । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित गाउँदै खेल्दै रमाउँदै लोकपर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठपर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौदेखि ११ औँ दिनसम्म खेलिने उक्त पर्वमा चङ्गेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामाचकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चोक वा टोल, गल्ली, सडकमा गएर प्रत्येक साँझदेखि मध्यरातसम्म सामा खेलिन्छ ।
घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो ।
पाँचखपन नगरपालिकाका २६ सुकुमवासी परिवारले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराएको हो । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको विशेष उपस्थितिमा आयोजित कार्यव्रmममा जग्गाधनी पुर्जा वितरण गरियो । भूमिहीन तथा सुकुमवासी छनोटका विभिन्न चरण पार गरेकालाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो ।
निर्माणाधीन गाईघाट–फत्तेपुर सडकको काम बजेट अभावमा अलपत्र परेको छ । सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम अहिले रकम अभाव हुँदा अलपत्र परेको हो ।
सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच सशस्त्र द्वन्द्व अन्त्य गर्न बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको मङ्गलबार १७ वर्ष पुगेको छ । २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य ग¥यो । त्यही जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्यो । समानुपातिकता, समावेशिताका आधारमा सङ्घीयतामार्फत शासकीय विकेन्द्रीकरण भयो । जननिर्वाचित तीन तहका सरकारमार्फत गाउँमा विकासको लहर