दैलेख, मङ्सिर ७ गते । दैलेखको गुराँसे क्षेत्र । गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सयभन्दा बढी किसानको मुख्य आम्दानीको स्राेत तरकारी खेती हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको यस पालिकालाई बजारको अभाव नभएको किसानहरूको भनाइ छ । बर्सेनि २१ करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको बताएका छन् ।
तस्बिर: विशाल सुनार