अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बिमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बिमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बिमा क्षेत्रको वर्तमान अवस्था, प्राधिकरणको भूमिका तथा आगामी कार्ययोजनाका सन्दर्भमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गोरखापत्रकर्मी गोपालचन्द्र सुवेदीसँग गर्नुभएको कुराकानीको सङ्क्षिप्त अंश :
मधेश कृषि विश्वविद्यालयमा स्नातक तहका पहिलो शैक्षिक सत्रका लागि कक्षा शुभारम्भ गरिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार कक्षा शुभारम्भ गर्नुभएको हो। विश्वविद्यालयले आयोजना गरेको कक्षा शुभारम्भ समारोहमा बोल्दै उहाँले गुणस्तरीय शिक्षामा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो। “हरेक विकासको जननी शिक्षा हो र जीवनको आधार कृषि हो, यसर्थ कृषि शिक्षा मधेशका निम्ति अपरिहार्य छ,” यादवले भन्नुभयो, “दुनियाँका धेरै मुलुकमा अत्याधुनिक प्रविधिको प्रयोगले कृषि क्षेत्रले धेरै फड्को मारिसकेको छ। त्यही गुणस्तर र प्रविधिसँग किसानलाई जोड्न सकियो भन्ने नेपालमा छिट्टै कृषिमा आधुनिकीकरण र क्रान्ति आउने निश्चित छ।”
पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै यहाँका होमस्टेमा पाइने मौलिक खानाप्रति पाहुनाको आकर्षण धेरै हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्।
भरतपुर महानगरपालिकाले विद्यालयका १२६ छात्रालाई साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रम अन्तर्गत आइतबार महानगर प्रमुख रेनु दाहालले छात्रालाई साइकल वितरण गर्नुभएको हो । छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको थियो । यस पटक महानगरको वडा नं. ६ र १३ का विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई साइकल वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको वैशाख महिनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ । चैत महिनामा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा उल्लेख्य कमी आएको हो । उद्योग विभागका अनुसार वैशाख महिनामा २८ वटा परियोजनामार्फत एक अर्ब ६४ करोड ८३ लाख २० हजार रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।
नेदरल्यान्डको लाइदेनमा भइरहेको १४ औँ ‘इन्टरनेसनल एयर ल मुट कोर्ट’ प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्डको लाइदेन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको सेमिफाइनलमा प्रस्तुति दिन चार सदस्यीय नेपाली टोली लाइदेन पुगेको छ । टोलीमा अधिवक्ता अनिता शर्मा केसी प्रशिक्षकका रूपमा रहनुभएको छ भने कानुनका विद्यार्थीहरू यशस्वी केसी, कोपिला खतिवडा र क्षितिज पराजुली प्रतियोगी रहनुभएको छ ।
नेपाली लोक सङ्गीतको क्षेत्रमा स्याङ्जाका लोक कलाकारको प्रभाव बढ्दै गएको देखिन्छ । स्याङ्जाका पुराना कलाकार चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायतले लोक सङ्गीतका क्षेत्रमा आफ्नो उचाइ बढाउनुभएको छ ।
नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने अवार्डका लागि आयोजकले आइतबार उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । ‘उत्कृष्ट अभिनेता’ मा दयाहाङ राई, विपिन कार्की, दीपकराज गिरीसँगै अनमोल केसी र प्रदीप खड्का मनोनयनमा पर्नुभएको छ । अभिनेतृतर्फ अरुणा कार्की, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्का र मिरुना मगरबीच प्रतिस्पर्धा हुने भएको छ । चलचित्र ‘फूलबारी’ बाट कार्की, ‘कबड्डी ४’ बाट राई, ‘छक्कापन्जा ४’ बाट गिरी, ‘ए मेरो हजुर ४’ बाट केसी र ‘प्रकाश’ बाट खड्का उत्कृष्ट अभिनेताका लागि मनोनयनमा पर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीलाई राष्ट्रिय नायकका रूपमा स्थापित गर्न सरकारबाट गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लोक साहित्य परिषद्ले आफ्ना प्रमुख संस्थापक एवं वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको थियो । सोही कार्यक्रमको समापनमा उपप्रधानमन्त्री श्रेष्ठले जोशीले स्थापना गरेको लोकसाहित्य परिषद्को निरन्तरताका लागि पनि पहल गर्ने बताउनुभयो । समापन कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शताब्दीपुरुष जोशीका बारेमा तयार पारिएको सुनगाभाको विशेषाङ्क पनि विमोचन गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।
दाङमा पानी उद्योगमा करिब १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु-याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ रुपियाँ लगानी गरेका छन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार एक सय रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विव्रmम केसीले जानकारी दिनुभएको छ । अधिकृत केसीका अनुसार उद्योगहरूको स्थिर पुँजी नौ करोड २३ लाख २७ हजार सात सय २३ रुपियाँ रहेको छ ।
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को मार्सी धान उत्पादन हुने जिउलाको खनजोत सुरु भएको छ । जेठको दोस्रो हप्तादेखि रोपाइँ सुरु हुने मार्सी खेतको खनजोत सुरु भएको हो । स्थानीय मानबहादुर खत्रीले धान उत्पादन वृद्धिका लागि रोपाइँअगाडि खनजोत गर्ने गरेको बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अझै ३२ वर्ष पुरानो ऐनबाट सञ्चालित भइरहेको छ । ३२ वर्षअघि बनेको कृषि अनुसन्धान परिषद् २०४८ लाई संशोधन गर्न पटक पटक प्रयास पनि भयो तर अझै भएको छैन । सो ऐन २०४८ वैशाख २५ गते प्रमाणीकरण भएको थियो । त्यसपछि २०५३ मा सो ऐनलाई संशोधन ग-यो ।