रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
दसैँ, तिहार र छठको अवधिमा साढे एकसट्ठी हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्। दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम (सिजन) मानिन्छ।
भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।
कांग्रेका नेता प्रदिप पौडेलको नेतृत्वमा एक सय ५० जनाको टोलीले नलगाड नगरपालिका ४ र ५ नम्बर वडामा अस्थायी आवास निर्माण गर्न थालेको हो।
पुतलीबजार नगरपालिका-१ मा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलन मङ्सिर ९ गते हुने भएको छ ।
गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीका महिला खेतमा काउली रोप्दै ।
नेकपा (एमाले) ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
दुई दिने नेपाल संवाद महासम्मेलन २०२३ पाँच बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबिचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
मधेश प्रदेश सभाको समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा निर्वाचन आयोगद्वारा नियुक्त हुनु भएका जनता समाजवादी पार्टी (जसपा) का सन्जिलाकुमारी यादवले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ । बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘एक महिने शिशु साथमा एक्लो जिन्दगी । रोएर आँसु रित्तियो, शिशुको भविष्य सुन्दर बनाउने जिम्मेवारी, अहिले सपनाजस्तै लाग्छ’ इलाम नगरपालिका–९ की दिपा आचार्य ढकाललाई । अहिले त छोरा युकेश ढकाल पनि १८ वर्षको भइसक्नु भएको छ ।