काठमाडौं, मङ्सिर ६ गते । दुई दिने नेपाल संवाद महासम्मेलन २०२३ पाँच बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले शान्ति प्रक्रियालाई सम्बद्ध सबै सरोकारवाला, सरकार र राजनीतिक दललाई संवादका मध्यमबाट निष्कर्षमा पुर्याउन अपिल गरिएको छ ।
घोषणापत्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनेदेखि अहिंसात्मक सामाजिक रूपान्तरण, जीवन्त शान्तिका लागि संवाद संस्कृतिको विकास, सङ्घ, प्रदेश र स्थानीय तहमा हुने द्वन्द्व समाधानमा पहल गर्न सबै सरोकारवालालाई आह्वान गरिएको छ ।
सम्मेलनमा शान्तिपूर्ण संवादको माध्यमबाट द्वन्द्व र राजनीतिक रूपान्तरणमा विश्वास गर्ने, संवाद अभ्यासकर्ताको समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सहभागीको विचार, दृष्टिकोण र अनुभव आदान प्रदानका गर्नका लागि ३६ वटा नागरिक समाजसँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
सम्मेलनले संवाद अभ्यासको अनुभव आदानप्रदान गर्दै द्वन्द्वको अहिंसात्मक रूपान्तरण र राजनीतिक परिवर्तनको महत्त्वपूर्ण माध्यम संवाद नै भएको निष्कर्षसमेत निकालेको छ ।