शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर ६ गते । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अध्यक्ष लामासहित सचिव सङ्गीता चाैलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलेमतोमा संयुक्त दस्तखतबाट समूहको बैङ्कमा रहेको खाताबाट अनियमित रूपमा सो रहम झिकी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नौ लाख १३ हजार २८० रुपियाँ बिगो रकम कायम गरी निजहरूबाट असुलउपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौँमा बुधबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।