फूलकोबी (काउली) ले मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । उत्पादनको मुख्य समयमा कोबीको मूल्य नपाउँदा जिल्लामा तरकारी खेती गर्ने किसान मारमा परेका हुन् । यहाँका किसानले फूलकोबी अहिले मुस्किलले प्रतिकिलो १५ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् ।
बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका छन् । डोजरले खनेका ग्रामीण सडकमा हरेक वर्ष पुनः डोजर प्रयोग गरी सफा तथा मर्मत गर्ने कार्य नियमित काम जस्तै बनेको छ । यस्ता सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । स्थानीय तहले सडक स्तरोन्नति नभई सफा गर्ने योजना बनाउँदा यस्तो समस्या आएको भनाइ स्थानीयवासीको छ । ग्रमीण सडक मर्मत कार्य राजनीतिक पार्टी निकट कार्यकर्ता पोस्ने र पाल्ने मेलोमेसो बन्ने गरेको छ ।
बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका छन् । सुरक्षित तथा नयाँ घरबासको व्यवस्थापन नभएपछि त्रिपालभित्रको चिसोबाट जोगिन चर्किएका घर टालटुल गर्न थालेका हुन् । केही समय त्रिपाल हालेर बस्दै आएका थियौँ, अहिले चिसो बढेपछि चर्किएका घर टालटुल गरेर बस्न सुरु गरेको खप्तडछेडेदह गाउँपालिका–५ का स्थानीय रामबहादुर रावतले बताउनुभयो ।
भूकम्पपछि विद्यालय जान बालबालिका डराउन थालेका छन् । दसैँतिहार र छठ बिदापछि सोमबारबाट विद्यालय खुले पनि विद्यार्थीको न्यून उपस्थिति रहेको छ । सानीभेरी गाउँपालिका–१, चाइनाबरगस्थित भेरी दोभान माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत दिपेश पुनमगरले स्कुल जान डर लाग्ने गरेको बताउनुभयो । भूकम्पमा परेर आमासँगै घाइते भएका पुनले स्कुलभित्र जाँदा फेरि भूकम्प आउँछ कि भनेर डर लाग्ने गरेको बताउनुभयो ।
जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता अनुसार हालसम्म बजेटको व्यवस्था नगर्दा निर्माण कार्य अघि बढाउन समस्या भएको हो । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार दुई वर्षअघि पाँच करोड लागत लाग्ने गरी खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्य सुरु गरिएको थियो । तथापि बजेट अभावका कारण निर्माण कार्य अघि बढाउन समस्या भइरहेको छ । शिवालय क्षेत्र पर्यटकीय स्थलका रूपमा पर्दछ । सो निर्माण कार्यका लागि पर्यटन मन्त्रालयले साढे तीन करोड र गाउँपालिकाले साढे एक करोड बजेटको साझेदारी गरेको छ । उहाँले गाउँपालिकाले दिने डेढ करोड बजेट अघिल्लो आर्थिक वर्षसम्म भुक्तानी दिइसकिएको र म
अर्थतन्त्र सुधारका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम ल्याए पनि ती कार्यक्रमको कार्यान्वयन सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको देखिँदैन । कतिपय परिसूचक नराम्रा पनि छैनन् । ब्याजदर घट्दै गएको छ र अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । विप्रेषण आप्रवाह बढेको छ भने पर्यटन क्षेत्र उत्साहपूर्र्वक चलायमान भएकाले आगामी दिनमा अर्थतन्त्रले गति लिने आधार भने बनेको
नेपालमा सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ कार्यान्वयनमा आइसकेको छ । साविकदेखिको सार्वजनिक ऋण व्यवस्थापन गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको स्थापना गरिएको छ । यस कार्यालयका अनुसार २०८० असोज मसान्तसम्ममा नेपालको तिर्न बाँकी आन्तरिक र बाह्य ऋण रु. २३ खर्ब ५४ अर्ब ५९ करोड २१ लाख रहेको छ । यसमा आन्तरिक ऋण रु. ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रहेको छ । यसै गरी, बाह्य ऋणको अंश रु. ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख रहेको छ । नेपाल
विसं २०६४ मा निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधनमार्फत तोकिएका समावेशी समूहका उम्मेदवारबिच मात्र छु्ट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गर्ने गरी आरक्षणको व्यवस्था सुरुवात गरियो । आरक्षणको व्यवस्था हुनु यो ऐनको सुन्दर पक्ष हो । यसका लागि राजपत्राङ्कित विशिष्ट श्रेणीबाहेकका पदमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ मा रहेको प्रावधान अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई शतप्रति
१. तेह्रौँ संस्करणको आइसिसी विश्वकप क्रिकेट कहिले र कहाँ सम्पन्न भयो ? सन् २०२३ अक्टोबर ५ देखि नोभेम्बर १९, भारत – आइसिसी एक दिवसीय क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको । भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा घरेलु टोली भारतलाई ४३ ओभरमै ६ विकेटले पराजित गर्दै अस्टे«लियाले उपाधि जितेको ।
अधिकारमा आधारित शिक्षा १. अधिकारमा आधारित शिक्षा भनेको के हो ? यस अवधारणाका आधारभूत विषयहरू उल्लेख गर्दै नेपालको संविधानमा अधिकारमा आधारित शिक्षाको अवधारणालाई कसरी सम्बोधन गरिएको छ ? जानकारी प्रस्तुत गर्नुहोस् । शिक्षा प्राप्त गर्नु र सोबाट लाभ लिनु मानवको जन्मसिद्ध अधिकार हो, यसको सम्मान, संरक्षण र प्रचलन गराउन राज्य जिम्मेवार र जवाफदेही बन्नु पर्छ भन्ने मान्यतालाई अधिकारमा आधारित शिक्षाको रूपमा बुझिन्छ । अधिकारमा आधारित शिक्षाको अवधारणाले सबैका लागि, सधैँका लागि, सबै किसिम र तहको शिक्षा प्राप्त हुनु पर्छ भन्ने मान्यताको वकालत गर्छ । व्यक्तिको परिस्कृत र मर्यादि
झापाको दमकमा हात्तीको आक्रमणमा परेर ७२ वर्षीय एक भुटानी शरणार्थी वृद्धको ज्यान गएको छ । मङ्गलवार बिहान ११ बजेबाट हराई रहेका वृद्ध पदमलाल तामाङ शव स्थानीय हम्सेदुम्से सामुदायिक वनको जङ्गलभित्र बिभत्स अवस्थामा भेटिएको हो ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
मार्वुबाट वर्षमा करोडौँको कुट्की निर्यात हुने गर्दछ । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्वुबाट करोडभन्दा बढीको कुट्की निर्यात हुँदै आएको छ ।