आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सब-स्टेसन निर्माण गरिरहेको छ ।
पुँजीबजारमा आज (सोमबार) दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार गृह मन्त्रालयमा श्रेष्ठ र सङबीच भेटवार्ता भएको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ ।
साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ ।
भारतमा आगामी असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेत र लेबनानलाई आमन्त्रित टोलीको रुपमा सहभागि गराइने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेको सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निश्मा श्रेष्ठले जित्नुभएको छ ।
युवा सङ्घ नेपाल पिपुल्स भोलेन्टियर्सको आयोजनामा जेठ ३ देखि ८ गतेसम्म प्रथम मदन–आश्रित स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरूको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसन (एन्जा) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका ११ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।
रेडक्रस दिवसका अवसरमा रेडक्रस सोसाइटी दाङ शाखाले गोरखापत्रका तुलसीपुर समाचारदाता गोकर्ण पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ ।