• २१ असार २०८१, शुक्रबार

काठमाडौँमा राष्ट्रपतिको उपस्थितिमा छठ पूजा

blog

गौरीघाटको छठ पूजामा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ। 

पूजास्थलमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नुभएको हो। 

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,  प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान सङ्गत, छठ पूजा आयोजक समितिका  पदाधिकारीले स्वागत गर्नुभएको थियो। 


उहाँ कमलपोखरीको पूजास्थल  पुग्नुहुँदा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका वडाध्यक्ष, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो।