• २१ असार २०८१, शुक्रबार

खुटी खोलामा छठ मनाउन दुई हजार घाट

blog

लहान खुटी खोलाको लहरे छठ घाट । तस्बिरः जीवछ

जीवछ यादव 

लहान, मङ्सिर ३ गते । लहान नगरपालिकाका ४,५,६,७,८,९ र १० नम्बर वडाका स्थानीयहरुले छठ पर्व मनाउन खुटी खोलामा दुई हजारभन्दा बढी घाट निर्माण गरेका छन् । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन र सोमबार उदाउँदो सूर्यको अर्घ दिन दीपावली सके लगतै थालेको सरसफाइ र घाट निर्माण सम्पन्न गरेर आइतबार बिहानैदेखि फूल लगाएर विशेष सजावट गर्न जुटेका हुन् । 

गरिब, धनी, दलित समुदायमा पर्ने अति दलित डुम र मेस्तर समुदायले सँगसँगै बनाएको घाटले खुटीको छठ घाटको अवलोकन लहान नगरपालिकाका नगरप्रमुख उपप्रमुख वडाध्यक्षहरुले गर्नुभयो । लहान–५ का नथुनी मेस्तरका अनुसार मेस्तर र डुम समुदायमात्रै ५० वटा घाट सुरक्षित गरेको जानकारी दिँदै छठ घाटमा केही वर्षयता छुवाछूत नभएको बताउनुभयो । 

सहरी क्षेत्रका वडाहरुको छठ गर्ने खुटी खोलाको सरसफाइलाई ध्यानमा राखेर लहान नगरपालिकाले विकन परियोजनाको सहयोगमा दलित जनकल्याण युवा क्लबको पहलमा खुटीवारिपारि र दुईवटा सुविधासम्पन्न शौचालय निर्माण गरी दिएको लहान –५ का वडाध्यक्ष मो करिमले जानकारी दिनुभयो । 

वडाध्यक्ष करिमका अनुसार हिन्दु समुदायले गरिने खुटी छठपर्वमा मुस्लिम समुदायले समेत सहभागतिा जनउँदै आइरहेको बताउनुभयो । लहान नगरपालिकाको वडा नम्बर ४ देखि वडा नम्बर १० सम्मको तीन किलोमिटरका दूरीमा छठ घाट निर्माण गरिएको हो । लहान नगरपालिका वडा नम्बर –३ रघुनाथपुर र खुटी खोलाको छठ हेर्न साँझको अस्ताउँदो सूर्य र अन्तिम दिन उदाउँदो सूर्यको दर्शन गर्न दश हजारभन्दा बढीको घुइँचो हुने अनुमान गरिएको छ । 

छठ पूजामा भाटाको तथा विस्फाेटक पदार्थ विस्फाेटन गराएर झैझगडा हुने सम्भावित हुन सक्ने घटनालाई ध्यानमा रखेर पूर्ण सुरक्षा व्यवस्था गरिएको र शान्तिपूर्वक छठ मनाउन सुरक्षा व्यवस्था चुस्त पारिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।