जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
नेपाल भारत सीमाक्षेत्रस्थित समसीबाट सशस्त्र प्रहरीले स्राेत नखुलेको रुपैयाँसहित ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रले ८ लाख दश हजार नेपाली रुपैयाँसहित समसी गाउँपालिका ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकास्थित सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कला संस्कृति सांस्कृतिक एकताको आधार भएको बताउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा आयोजना गरिएको बृहत् भैलो महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले फरक–फरक समुदाय र जातजातिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने चाडपर्व र कला संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिले सम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गदै आएका छन् ।
अदानचुली गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई गाउँपालिकाले लत्ताकपडा हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको जानकारी दिनुभयो । तिनमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने ‘पिफम’ रहेका छन् ।
दाङ जिल्ला माछामा आत्मनिर्भरको बाटोमा अगाडि बढेको छ । जिल्लामा माछापालन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । माछाका लागि अरू जिल्लाको भर पर्ने दाङले अहिले बर्सेनि करिब ६०९ मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिनुभयो । “जिल्लामा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्ने अवस्था बन्न थालेको छ,” उहाँले भन्नुभयो, “करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।” जिल्लामा अहिले करिब १९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा ११५ हेक्टरमा र अन्य प्राकृतिक तथा कृत्रिम जलाशयमा माछापालन हुने गरेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
गत कात्तिक २७ गते घोराही उपमहानगरपालिका–५ निवासी दीपिका रावतको प्रसूति हुने मिति तोकिएको थियो । चिकित्सकको सल्लाह अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभएकी दीपिकाको प्रसूति सामान्य नहुने भयो । चिकित्सकका अनुसार उहाँको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसका लागि रगत आवश्यक प¥यो । शल्यक्रियाका लागि रगत आवश्यक पर्ने भएपछि श्रीमान् रगत लिन रक्तसञ्चार केन्द्रमा पुग्नुभयो । त्यहाँ उहाँले घोराही उपमहानगरपालिकाले निःशुल्क रगतको व्यवस्था मिलाएको सुन्नुभयो र निःशुल्क रगतका लागि आग्रह गर्नुभयो तर पाउनुभएन । रक्तसञ्चार केन्द्रले निःशुल्क रगत पाउनका लागि वडाको सिफारिस चाहिने बतायो । बिरामीका श्रीमान् विजय रावतले दुई हजार रुपियाँ तिरेर आवश्यक रगत ल्याएको बताउनुहुन्छ ।
मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा १८ जनाको दरबन्दी भए पनि छ जना मात्रै कार्यरत छन् । मुस्ताङको सदरमुकाममा रहेको १५ शय्याको जिल्ला अस्पतालको क्षमता २०७७ सालमा २५ शय्याको बनाइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारीसमेत नभएको बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल पाँच दशक हुँदासम्म पनि सहज तरिकाले सञ्चालन हुन सकेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सधैँ मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।