ताप्लेजुङमा क्रियाशील शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले यस वर्षको छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययन गरिरहेका जिल्लाको दुर्गम क्षेत्रका सातजना विद्यार्थीलाई रिड नेपालले छात्रवृत्ति वितरण गरेको हो ।
अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ ।
युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्नुभएको छ ।
सप्तरीमा लैङ्गिक हिंसा नियन्त्रणका लागि १९ सदस्यीय जिल्ला सञ्जाल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको सप्तरी प्रहरीले जनाएको छ ।
ठुलो एकादशी अवसरमा दमौलीस्थित मादी नदीमा स्नान गर्नेक्रममा तनहुँमा एक जना भक्तजन नदीमा बेपत्ता हुनु भएको छ ।
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ ।
बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित सिङ्गो गाउँले चामलसँग साटेर पानी उपभोग गरिरहेको छ। पानीको चरम समस्या भएपछि उक्त गाउँका मानिस चामलसँग पानी साट्न बाध्य भएका हुन्।
पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु भएको छ । हरेक वर्ष जस्तै यो वर्ष बिहीबारदेखि चिच्याएर बर (मनको इच्छाउने) माग्ने मेला सुरु भएको हो ।
गोरखाको दोस्रो नगरपालिका पालुङटार नगरपालिकाले मुख्य बजार क्षेत्र सुन्दर र व्यवस्थित बनेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–६, घैरुङका एक स्थानीयवासीले घरमै पालन गरेको अरिँगालको गोला ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबिच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।
पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।