• ६ जेठ २०८१, आइतबार

बेलायतमा पूर्व धावक लामा सम्मानित

blog

काठमाडौं, मङ्सिर ७ गते । पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई चार हजार चारसय सात  पाउन्ड (करिब सात लाख ३५ हजार तीन सय ५२ रुपियाँ) सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो । लामाले सम्मान वापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताउनुभयो ।

यसअघि पनि उनले जुम्लाका धावकहरुलाई टिसर्ट र खेल सामग्री सहयोग गरेका थिए । लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको पाँच हजार मिटर दौडमा क्रमशः छैटौँ र दशौँ स्थान हासिल गर्नुभएको थियो ।