जननिर्वाचित संविधान सभाको अत्यधिक बहुमतद्वारा विसं २०७२ मा जारी नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेसँगै नेपालको राजनीतिक, आर्थिक, सामाजिक/सांस्कृतिक परिवेश नयाँ युगमा प्रवेश गरेको छ । एउटै आन्दोलनले एकै पटक बहुआयामिक फड्को मा¥यो, त्यसैले त्यो क्रान्ति भयो । व्यक्तिपूजक सामन्तवाद गल्र्यामगुर्लुम ढल्यो । राजनीति, अर्थनीति, संस्कृति– समाजका हरेक अवयवमा रहेको सामन्तवाद उखेल्ने त्यो क्रान्तिको शक्ति आधा
सर्वाधिक स्वतन्त्रतासहितको लोकतान्त्रिक गणतन्त्र लामो र कठोर सङ्घर्षपछि प्राप्त भएको छ । २०७२ को संविधानपछिका दुई दुई वटा चुनावसँगै यो संस्थागत हुँदै गएको छ । नेपाली जनतामा चेतनाको विस्तार भएको छ । जनताले चुनावमा आफ्नो हक प्रयोग गरी फरक फरक नतिजा दिँदै आएका छन् । समाजमा सबै खाले विषयमा खुला बहस हुने गरे
विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएको गएको भूकम्पले नेपालमा ठुलो धनजनको क्षति भयो । त्यसको पुनर्निर्माण अझैसम्म सम्पन्न हुन सकेको छैन । मानवशास्त्रको विद्यार्थीका नाताले सोही भूकम्पले पु¥याएको क्षतिको अध्ययन अनुसन्धान गर्नु र त्यसमा भूकम्प जस्ता जोखिमबाट बच्न गर्नुपर्ने पूरा तयारीमा केही योगदान पु¥याउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट ‘एन्थ्रोपोलोजी अफ डिजास्टर’ (भूकम्पमा) विद्यावारिधि गर्ने सोच आयो ।
नेपाली समाजको विकासक्रम गहिरो ढङ्गले नियाल्ने हो भने सामाजिक सद्भाव, मेलमिलाप र एकताबद्ध रूपमा अघि बढ्ने, एक अर्कालाई आवश्यक पर्दा सहयोगी हात अघि बढाउने, मुलुकको शासन प्रशासनलाई सही बाटोमा अघि बढाउन बनेका योजनालाई बिनासर्त, बिनास्वार्थ पूरा गराउन सहभागिता जनाउने जस्ता आधारभूत असल मान्यता कार्यान्वयनमा सहयोगी भूमिका छ ।
‘महिलावादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरूको सुनुवाइ गर्न नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतमा ‘डेडिकेटेड’ दुई वटा पारिवारिक इजलास आरम्भ भएको छ । पृथक् इजलासबाट पारिवारिक विवादको न्याय सम्पादन गर्दा न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाले न्यायमा पहुँच सुनिश्चित गर्न,
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उहाँले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको पनि बताउनुभयो ।
कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटनुभएको छ । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उहाँले सुरसार गर्नुभएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो ।
नेपालले दिगो र उत्तरदायी किसिमबाट जलस्रोतको उपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित जलविद्युत्को दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागीले जलविद्युत् क्षेत्रको दीर्घकालीन विकासका लागि पनि जिम्मेवारपूर्ण उपयोग आवश्यक रहेको धारणा राखेका हुन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो ।
डा. कटक मल्लको ‘न्याय–अन्याय कानुनः भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीति÷कूटनीति, पर्यावरणलगायतका विषय समेटिएका छन् । काठमाडौँमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानुनी दर्शनको दस्ताबेज भएको बताउनुभयो ।
तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।