सहर बजारमा सवारीसाधन चढेर वाक्क भएका पर्यटकहरु मुक्तिनाथ पुगेपछि घोडा चढेर आनन्द लिने गर्छन् ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताउनुभएको छ ।
सूचना प्रविधिको क्षेत्रमा कार्यरत ब्रोडवे इन्फोसिस प्रा.लि. दक्षिण कोरियामा सम्मानित भएको छ । नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा सो संस्था सम्मानित भएको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ ।
प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो ।
पर्वतका पशुपालन कृषकहरु व्यावसायिक बन्दै गएपछि दुध र मासुजन्य पदार्थको उत्पादन बढेको छ ।
भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत टेन्टहरु सहयोग गरेको छ ।
सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो ।
चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।
कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् ।
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।