जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उहाँले धानको उचित मूल्य पाउनुभएको छैन ।
निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १९ सदस्य मतदानबाट र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना निर्वाचित हुने छन् ।
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ।
पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।
हरिबोधनी एकादशीको दिन बिहीबार काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा टाँगिएको तोरण ।
आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई कैद र जरिवाना हुने फैसला भएको छ।
काठमाडौंमा स्वास्थ्य सम्बन्धि राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयेजना गरेको उक्त गोष्ठी बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ।
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपाली कांग्रेसले जाजरकोटमा भूकम्प प्रभावितका लागि एक हजार अस्थायी आवास ‘घर टहरा’ निर्माण अभियान अन्तिम चरणमा रहेको जनाएको छ।
भारत सरकारले नेपाललाई उपहार दिएको मुर्रा जातको राँगालाई विहीबार भारतीय अधिकारीले नेपालका अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
मोरङ उर्लाबारी—९ को पोमु परिवारले आफ्ना स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा स्थानीय एक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । पोमुको परिवारले प्रभात आधारभूत विद्यालय उर्लाबारी–९ मा अक्षयकोष स्थापना गरेको हो ।