• २३ वैशाख २०८२, मङ्गलबार

स्नान गर्नेक्रममा नदीमा श्रेष्ठ बेपत्ता

blog

दमौलीस्थित मादी नदी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ७ गते । ठुलो एकादशी अवसरमा दमौलीस्थित मादी नदीमा स्नान गर्नेक्रममा तनहुँमा एक जना भक्तजन नदीमा बेपत्ता हुनु भएको छ । 

व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सी बस्ने वर्ष ९२ को गणेशकुमार श्रेष्ठ बिहीबार बिहान बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृतसहितको टोली खटिई सो नदीमा खोजतलास गरिरहेको, हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।