बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
काठमाडौँवासीले सो पानी एक हप्ता भित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उहाँले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
झापाको गौरादहको कार्की चोकमा मङ्गलबार बिहान सिटीसफारी र मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ । मङ्गलबार महासङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका १ स्थित दुङ्गुखोलाबाट प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ। अपरिचित व्यक्तिले स्थानीयको पसल अगाडि एक थान कटुवा पेस्तोल र दुई थान बुलेट फालेर भागेकोको अवस्थामा प्रहरीले बरामद गरेको हो।
खोटाङको एक सामुदायिक विद्यालयका दुई वटा कक्षामा एक/एक जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा दुई र चारमा एक/एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।
१६औँ संस्करणको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म हुने भएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरबाट देखिएको धौलागिरि हिमश्रृङ्खला र रानीपौवा गाउँको दृश्य ।
दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ। मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।
बैठकमा प्रदेश सांसदको बोल्नेक्रम जारी रहेको छ । बैठकको कार्यसूचीअनुसार प्राकृतिक स्रोत तथा वातावरण समितिको सदस्यमा संजिलाकुमारी यादवलाई मनोनयनको लागि प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताउनुभएको छ ।
अविनाश चौधरीधनगढी, मङ्सिर १२ गते। अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। वडा नम्बर ७ का ५२ वर्षीय भोजराज विश्वकर्माले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अहमदविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका अहमदविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। अहमदलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीबाट अन्य व्यक्तिसमेत विभिन्न किसिमबाट पीडित भएको भन्ने जानकारी आएकाले शेख मुनिर अहमदको नाममा कुनै जाहेरी/उजुरी भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक वर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा मङ्गलबार नार्कअन्तर्गतका ६२ वटा कार्यालयहरूको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेस गरिएको थियो ।