बाँकेमा एक चौध वर्षीया बालिकाकाे कर्तव्य ज्यान मुद्दाका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ वर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० वर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
मेरा एक जना साथीकी छोरीले एसइई पास गरिछन् । च्याटमा कुरा गर्दै थिएँ– ओहो दाहालजी, ल बधाई छ है, छोरीले पास गरिछन् । उनले धन्यवाद भने ।
हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।
चितवनको माडीस्थित पर्यटकीय गन्तव्य वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि वैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।
पछिल्लो समय राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेको दिगो विकास लक्ष्यको चर्चा छ । सरकारी स्तरमा दिगो विकासका लक्ष्यबारे छलफल भए पनि जनस्तरमा यस बारेमा खासै जानकार छैनन् । जनस्तरमा यस विषयमाथि पर्याप्त छलफल भएको छैन । वर्तमान विश्वमा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि जस्ता नयाँ समस्या झेलिरहेको विश्वका हरेक मानिसले दिगो विकास लक्ष्यबारे जानकार हुनु जरुरी छ ।
नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेबी उठाउने भएको छ ।
लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउ
१. व्यायाम नगर्नु। व्यायाम गर्दा ‘ब्रेन–डराइभ्ड न्युरोट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। २. भुँडे हुनु। पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामेसन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएको खण्डमा मस्तिष्कको ‘ग्रे म्याटर’ कम हुन जान्छ। ‘ग्रे म्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गति
नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा ८८ वर्षीय पूर्णानन्द शर्मा दाहालको निधन भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो ।
भारतमा विहारको हाजीपुर, कोनहाराघाट नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्वको ‘नेपाली मन्दिर’ यतिखेर ज्यादै जीर्ण अवस्थामा छ । इतिहास, कला र संस्कृतिमा रुचि राख्ने जो कोहीका लागि उदाहरणीय बनेको यो मन्दिर प्रत्येक नेपालीका लागि विशेष गौरवको विषय हुनु अस्वाभाविक होइन ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले वर्षौंदेखि योजना अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोडिने बताउनुभएको छ । गण्डकी प्रदेशमा अहिले पनि सडक/पुल गरेर १५ वटा योजना अलपत्र अवस्थामा रहेको उहाँले उल्लेख गर्न‘भयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदार पालेर अब प्रदेश बस्दैन । पटक पटक काममा फर्किन प्रदेश सरकारले दिएको निर्देशनलाई अटेर गर्नेसँग सम्झौता तोडिन्छ ।” म्याग्दीको बेनीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको मिलनचोक–सल्यान–घाहेखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको सोमबार स्थलगत निरिक्षणका क्रममा उहाँले यस्तो भन्नुभएको हो ।
पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि इन्जिनियरविहीन बनेको छ। जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम नै प्रभावित भएको छ। तीन जना इन्जिनियर सातौँ/आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली छन्। जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेको हो। सबइन्जिनियर अधिकृतस्तर पाँचौँ÷छैटौँको सात वटा दरबन्दीमा दुई जना मात्रै कार्यरत छन्।
हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।”