चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी ४ कएरखोला बाट ग्राभेल बोकेर गुडेको ना ६ त १०७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
चुरेक्षेत्र भएर बग्ने तराई–मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्याक्टरलगायत साधन एवम् मजदुर भने प्रशस्तै भेटिन्छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले त्यस्तै काकाकुल छ ।
पछिल्लो समय पूर्वी नवलपरासीको थारु समुदायका युवाको 'लाठीनाच' राम्रो आम्दानीको स्रोत बनेको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले आगामी नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीले अस्पताललाई एक सय शैप्यामा स्तरोन्नति गरी नर्सिङ्ग कलेज सञ्चालनको अनुमति दिन प्रदेश सरकारसँग आग्रह गरेको छ ।
एक वर्षअघि व्यावसायिक रूपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्रो ‘बिजनेस’ पाउन सकेको छैन।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा आँखा उपचारको लागि सहज भएको छ । गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएसँगै उपचारको लागि सहज भएको हो ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ।
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाउनुभएको हो ।
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ ।
झापाको कमल गाउँपालिकामा मापदण्ड मिचेर बनेका संरचना भत्काइएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमीला न्यौपानेसहितको टोलीले वडा नम्बर १ मा निर्माणाधीन सडकको प्लम वाल भत्काउन लगाएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप नै नलागेकालाई दोषी बनाउने कार्य भएको बताउनुभएको छ ।
चलचित्र विकास बोर्डले प्रथम 'राष्ट्रिय बाल चलचित्र महोत्सव' आयोजना गर्ने भएको छ । जेठ २ गते बसेको बोर्ड बैठकको निर्णय अनुसार आगामी असार १,२ र ३ गते दाङ जिल्लामा महोत्सवको आयोजना गर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले जानकारी दिनुभयो ।
पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।