सोह्रदिने महिला हिंसाविरुद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ ।
रुकुम पश्चिम, चौरजहारीमा आइतबार सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई थप उपचारको लागि बाँकेको सोमबार (कोहलपुर) पुर्याइएको छ
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सोमबारदेखि पोखरामा आइटिएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।
मानिसलाई आक्रमण गरी मार्ने बाघलाई मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
नेकपा माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनताले विस्थापित गरिसकेको प्रणाली अब फर्कने सम्भावना नरहेको बताउनु भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताउनुभयो ।
नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अस्थायी आवासमा सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधान गर्न एक हप्ताभित्रै ऐन संशोधन गर्ने बताउनुभएको छ । उहाँले वन ऐन संशोधनपछि एउटा ठुलो क्रान्ति हुने विचार पनि व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा अवार्डबाट सम्मान गरेको छ । नेपाल रग्बी सङ्घको पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान दिएकोले सम्मान गरिएको हो ।
सत्ता गठबन्धनका सांसदहरुले पनि छलफलमा बजेटप्रति असन्तुष्टि जनाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।
समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने बताउनुभएको छ ।