सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभएको छ ।
गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतबार उहाँको निधन भएपछि गाउँवासी शोकमग्न भएका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताउनुभएको छ ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ ।
डेभिस कप टेनिस प्रतियोगिताको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अस्ट्रेलियालाई २-० ले हराउँदै इटाली ४७ वर्षपछि भिस कप च्याम्पियन बनेको हो ।
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रूपमा मानिएको हो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ । प्रहरी सेवालाई थप आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालगन्जमा अखाद्य बस्तुको बिक्री रोक्न कडाइ सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा लेवलिङ नगरिएका, म्याद गुज्रेका र अखाद्य बस्तुको विक्री भइरहेको स्थानीयको गुनासोपछि नेपालगन्ज उपमहानगरले कडाइ गरेको हो ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
कर्णाली प्रदेश सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०–०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनी स्रोतले आइतबार बताएको छ ।