प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ ।
गायिका तथा नेकपा (एमाले) का नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।
वडा कार्यालयले विद्युतीय मिटर जडान गर्न आनाकानी गर्दा विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडावासीलाई समस्या परेको छ ।
सामाजिक सुरक्षा कोष छैठौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कोषले सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कोषले विशेष कार्यक्रमको आयोजना गरेको हो ।
भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा अस्थायी टहरा निर्माणमा पाल्पाबाट गएको टोली खटिएको छ । गत मङ्सिर ५ गतेदेखि नै रुकुमपश्चिमको आठबिस्कोट नगरपालिका –१३ घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरेको हो ।
भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाइमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ ।
दाङको देउखुरीमा कुलोमा खसेर एकजना पुरुषको मृत्यु भएको छ । राप्ती गाउँपालिका–७ अर्नहनपुरस्थित जोकही कुलोमा खसेर छोट्की सिसहनियाँ निवासी ४१ वर्षीय पृथ्वी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सर्लाहीको बागमती नगरपालिका –८, सोल्टीबजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । दिनहुँ डेङ्गुका बिरामी बढेपछि सोल्टीबजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने, लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय लेखा समितिमा सदस्यहरु मनोनीत गर्नुभएको छ ।
पूर्वी नेपालको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर दुई सय २० किलोभोल्ट प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ ।
तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिककाे शिलालेख हटाइएको छ ।
पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।