राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ ।
तीन वर्षअघि बेमौसमी वर्षाले अन्नपात खेतमै नष्ट भएपछि सप्तरीका पीडित किसान ऋणमा डुबेका छन् । विसं २०७८ कात्तिक १ बाट लगातार तीन दिन आएको वर्षाले खेतमा तयारी भइसकेको धानबाली नष्ट भएको थियो । तिलाठी, हनुमाननगर, महदेवा, अग्निसाइर कृष्णासवरण, बलान बिहुल पालिकाका हजारौँ किसान बाढीको चपेटामा परेका थिए । बटैया (उत्पादन भएको बाली आधा खेतधनीलाई दिने सर्तमा गरिने खेती) मा गरेको डेढ बिघा धानबाली पूर्ण रूपमा नष्ट भएपछि खानका लागि सयकडा तीन रुपियाँ ब्याजमा गाउँकै साहुसँग एक लाख ऋण लिएको तिलाठी कोइलाडी गाउँपालिका–५ की बाढीपीडित गीता मण्डलले गुनासो गर्नुभयो ।
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
सङ्खुवासभाको १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो चिचिला गाउँपालिका । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बनेको यस पालिकामा पाँच वटा वडा छन् । जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकासँग जोडिएको यस पालिकाको मध्य भाग भएर उत्तरदक्षिण कोशी राजमार्ग निर्माण गरिएको छ । देशकै ठुलो जलविद्युत् परियोजना नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वि
उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।
मोरङको उर्लाबारी–७ स्थित नमुना बालगृहले शुक्रबार रजनी सुब्बाको विवाह गरिदिएको छ । रजनी पाँच वर्षको उमेरदेखि नमुना बालगृहको संरक्षणमा बस्दै आउनुभएको थियो । आफन्तसँग सम्पर्कविहीन रजनीलाई बालगृहकी संरक्षक मीना बरालले कन्यादान दिनुभएको हो । बरालले भन्नुभयो, “बालगृहले रजनीसहित तीन छोरीलाई अन्माइसकेको छ ।” रजनीको उर्लाबारी–८ का विकास कार्कीसँग विवाह भएको हो ।
आयुर्वेदको जीवनपद्धति हो । प्राकृतिक चिकित्सा अभ्यास परापूर्वकालदेखि नै हुँदै आएको छ । ऋषिमुनिको तपोभूमि नेपालमा मानव स्वास्थ्य, रक्षानिम्ति अपनाइएको प्राचीन पद्धति नै आयुर्वेद हो । यहाँको खास गरी हिमाली र पहाडी जडीबुटी तथा खनिजजन्य जडीबुटी अनि प्राकृतिक चिकित्साको अभ्यास अनुपम छ । नेपालको
गर्भावस्थादेखि आठ वर्षसम्मको उमेरलाई प्रारम्भिक बाल्यावस्था भनिन्छ । यस उमेरका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक पक्षको समष्टिगत र सन्तुलित विकास प्रक्रियालाई प्रारम्भिक बालविकास भनिन्छ । यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महìवपूर्ण अवस्था हो । मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाए
हिमालपारिको जिल्ला मुस्ताङ अवस्थित कोरला नाका नेपाल–चीन व्यापार तथा सहयोग विस्तारका लागि मात्र नभएर देशको सामाजिक, आर्थिक रूपान्तरणका लागि ‘गेम चेन्जर’ हुन सक्छ । चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएका नेपालका १४ हिमाली जिल्लाका बासिन्दाका दैनिकीसमेत सिचाङ क्षेत्रका इलाकासँग जोडिएका हुँदा चीनसँगका विभिन्न नाका खुला गरिएमा नेपाल बहुपक्षीय दृष्टिले लाभान्वित हुनेमा सन्देह रहँदैन । विशाल चीनसँग सीमा जो
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।
इजराइल र हमासबिचको सङ्घर्षबाट हजारौँ मानिसको नरसंहार भइरहँदा मूकदर्शक बनेका शक्ति राष्ट्रको ध्यान अहिले कतारतर्फ केन्द्रित भएको छ । पछिल्ला वर्षमा कतारले आफ्नो छिमेकमा मात्र नभएर विश्वभरका शान्ति वार्तामा मुख्य भूमिका निर्वाह गरेको छ । हालै इजराइल र प्यालेस्टिनी विद्रोही समूह हमासबिच मैत्रीपूर्ण शान्ति वा
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् ९आइटियुसी न्याक०ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । ‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।