भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राविधिक शिक्षा पढेर विदेश जानु नपर्ने बताउनुभएको छ । उहाँले देशमा नै रोजगारीका थुप्रै अवसर रहेकाले प्राविधिक शिक्षा पढेर विदेश पनि जानु नपर्ने र बेरोजगारी भएर बस्नु पनि नपर्ने बताउनुभएको हो ।
भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ ।
कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्तीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
धनकुटा नगरपालिकाले सोमबार र मङ्गलवार सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङमेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।
मोरङको रतुवामाई नगरपालिकामा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जग्गा कारोबारीमार्फत किनबेच भएको जग्गाको सिफारिस किर्ते देखिएपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । स्थानीयले भने किर्तेमा जग्गाधनीको संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचै जना ६० वर्षमाथिका खेतीकिसानी गर्ने नागरिक हुन् । सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडि बढाइएको थियो । पक्राउ पर्नेमा रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारु राजवंशी छन् । बाँकी दुई जना गुञ्जीलाल र सनिता राजवंशी फरार सूचीमा रहेका छन् । उनीहरूविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाले
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शुभकामना प्रदान गर्नुभएको छ । उहाँले धार्मिक गुरु गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका अन्त्यका साथै अन्धविश्वास र कुरीतिको विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका स्मरणीय रहेको बताउनुभयो । गुरुनानक जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका सम्पूर्ण शिख धर्मावलम्बीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।
पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढी एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
नवलपुरका मिटरब्याज पीडितहरूले पीडकको घर अगाडि प्रदर्शन गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति बनाएर सङ्गठित भएका पीडितले पहिलो चरणको विरोधको कार्यक्रमअन्तर्गत माया भण्डारीको कावासोतीमा रहेको घरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताउनुभएको छ ।