पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जना भारतीय नागरिक रहेका छन् ।
प्रतिनिधि सभा बैठकमा सांसद दीपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनुभएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ ।
वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । सोमबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको हो ।
आइतबार साँझ आएको हावाहुरीका कारण धनुषाको आँपबालीमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण रुखबाट आँप झरेपछि क्षति भएको किसानको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज (सोमबार)देखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ ।
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ ।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।
नारायणी नदीमा डुबेर एक दम्पतीको ज्यान गएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा –२ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उहाँको श्रीमती ४५ वर्षीय बगरी बोटेको ज्यान गएको हो ।
सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ ।
सिन्धुपाल्चोकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको छ । सिन्धुपाल्चोकै दुर्गम गाउँले चिनिने हेलम्बु गाउँपालिका –३ पाल्चोकमा सम्पन्न पाल्चोक खानेपानी आयोजनाले ५९९ वटा धारा निमार्ण गर्दै २४ सौं घण्टा पानी उपलब्ध गराएको छ ।
तीन दिनअघि माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भई गत वैशाख २७ गते निधन भएका जिउँदो शहीद बनेपाका मुकेश कायस्थको परिवारमा दुःख व्यक्त गर्नुभएको छ ।