• २१ असार २०८१, शुक्रबार

वडाङमेटको अवसरमा दुई दिन सार्वजनिक बिदा

blog

कविराज घिमिरे

हिले, मङ्सिर ११ गते । धनकुटा नगरपालिकाले सोमबार र मङ्गलवार सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड  वडाङमेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङमेटको अवसरमा ११ र १२ गते सार्वजनिक बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । ‘वडाङमेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएका छौँ,’ प्रमुख तामाङले भन्नुभयो, ‘यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौँ ।’

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगर स्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्भव स्थल मान्दै आएका आठपहरियाहरूले १५ दिनसम्म धूमधामका साथ  वडाङमेट पर्व मनाउने गरेका छन् । वडाङमेट आठपहरिया जातीको मुख्य चाड हो । वडाङमेट उनीहरूको जुठोबाट उक्सिने एक मात्र पर्व हो । त्यस्तै परिवारको सदस्य थपिएको खुसीयालीमा हर्क बढाइसमेत गर्ने गरेका छन् ।