• २० वैशाख २०८१, बिहिबार

उपराष्ट्रपति यादवद्वारा गुरु नानक जयन्ती शुभकामना

blog

काठमाडौँ, मङ्सिर ११ गते । कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्तीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले  शुभकामना दिनुभएको छ । 

गुरु नानक जयन्ती गुरु पर्व, प्रकाश पर्व, गुरु पूरणको रूपमा समेत मनाइन्छ । गुरु नानक देवको सम्झनामा सिख धर्मावलम्बीले गुरुद्वारामा अत्यन्तै श्रद्धा र भक्ति भावले कीर्तन गर्ने, दीप प्रज्वलित गरी मनाउने भएकाले उहाँहरू प्रति सम्मान सहित थप शुभकामना सन्देश दिनुभएको हो । 

गुरु नानकले सम्पूर्ण मानवलाई आफैभित्र ईश्वर खोज्न, परिश्रम गर्न सन्देश दिनुभएको थियो । गुरु नानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानव मात्रको कल्याण गर्ने जीवन सूत्रहरू दिनुभएको समेत उहाँले सन्देश मार्फत भन्नुभएको छ।