कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।
गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस् खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।
कुनै पनि मुलुकको अर्थतन्त्रमै नागरिक जीवन निर्भर रहेको हुन्छ । अर्थतन्त्रका मूलभूत आयामहरू आय, उत्पादन र रोजगारी बढ्दै जाँदा जीवनस्तरमा सकारात्मक परिवर्तन हुन्छ । व्यक्तिको आय बढ्दा उसको जीवनयापन सहज हुँदै जान्छ । सामान्यतया सर्वसाधारणको आम्दानीको स्रोत भनेको रोजगारी वा स्वरोजगारी नै हो ।
सार्वजनिक प्रसारण सेवा स्थापनासम्बन्धी विधेयक संसद्मा पेस भएको पाँच वर्षपछि छलफलले तीव्रता पाएको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा र सञ्चार समितिमा छलफलमा रहेको छ । यस विधेयक मुलुकका लागि दूरगामी प्रभाव पार्ने भए पनि यसले त्यस अनुरूप महìव पाउन सकेको छैन । सञ्चार क्षेत्रमा भएको व्यापक वि
महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि विभिन्न सरकारी निकाय, सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीले यतिखेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेका छन् । नोभेम्बर २५ मा पर्ने महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिनदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने यो अभियानमा महिला हिंसा अन्त्यका लागि सचेतना जगाउने प्रयास गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्त
मानव जीवन प्रकृतिको अभिन्न अङ्ग र अनुपम देन हो । प्रकृतिले मानिसलाई तìव, पदार्थ, सम्पदा र शिक्षासमेतका कुरा दिएको छ । यसले तìव र पदार्थका रूपमा हावा, पानी, वन, माटो, ढुङ्गा मात्र होइन हाइड्रोजन, अक्सिजन एवं लवण पनि दिएको छ । यी तत्वको समायोजन सूर्यबाट प्राप्त तापसँग हुँदा जीव जगत्ले आकार, गति र आयु प्राप्त गरेको हुन्छ । यही परिवेशमा प्रकृतिले मानवलाई जीवन जिउने, खाने, हाँस्ने, खेल्ने र सुरक्षित, सहज एवं वातावरण अनुकूल आवासको प्रबन्ध गर्ने वि
राज्य सञ्चालनको मेरुदण्डका रूपमा रहेको सेवा निजामती सेवा वा सार्वजनिक सेवा हो । राज्य स्वयम् नागरिकको घरआँगनमा पुग्न नसक्ने भएकाले सम्पूर्ण भौगोलिक स्थानका जनतालाई छिटो, छरितो र प्रभावकारी सेवामार्फत सुशासनको अनुभूति दिलाउने काम निजामती सेवाको हो । प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐनको घोषणा गर्नुभएको मितिबाट गणना गर्ने हो भने करिब सात दशकको अवधिमा विभिन्न आरोह अवरोहबिच उत्कृष्ट सेवा
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ११ बानिँयाछापमा आगलागी हुँदा एक घर र एक गोठमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मङ्गलबार बिहान करिब ३ः५० मा स्थानीय बलराम धिमालको तीन तले कच्ची घरमा अचानक आगलागी भएको जनाएको छ ।
स्याङ्जामा उत्पादन हुने आलु अब औद्योगिक प्रयोजनका लागि प्रयोग हुने भएको छ । सात स्थानीय तहका २६ समूहका कृषकले कम्पनीसँग किन्ने ग्यारेन्टी गरेर लगाउने प्रक्रिया अगाडि बढाएसँगै यहाँको आलु औद्योगिक प्रयोजनमा प्रयोग हुने पक्का भएको हो । यहाँ कृषि ज्ञान केन्द्रको ‘समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम’ अन्तर्गत आलु रोप्ने काम थालिएको हो । यहाँ उत्पादन हुने आलुबाट फस्र्ट च्वाइस फुड्स प्रालि भैरहवाले चिप्स, फ्रेन्च फ्राई र टिकिया बनाउने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा लाग्ने ऐतिहासिक सांस्कृतिक मेला सुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि सांस्कृतिक मेला सुरु भएको हो । कात्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको बिहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत भारतका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्म रोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”
मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उहाँले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
कात्तिक पूर्णिमामा सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मनाइएको छ । यस पर्वमा सकी अर्थात् पिँडालु तथा सक्खरखण्ड उसिनेर खाने प्रचलन छ । ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार पिँडालु, सक्खरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ ।