पूर्वअरनिको यातायात प्रालिका गाडीले काभ्रेका तीन वटा पेट्रोल पम्पमा तेल नहाल्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्वअरनिको यातायात प्रालिको कात्तिक ३० गते बसेको बैठकले चामुण्डा आयल स्टोर पाँचखाल, पाँचकुमारी आयल स्टोर २८ किलो धुलिखेल र उग्रचण्डी आयल स्टोर बनेपामा डिजेल नहाल्न भन्दै गरेको निर्णयका विरुद्ध पेट्रोल पम्प सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सोसरहका कर्मचारीको सरुवा आगामी फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई मङ्गलबार परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज मङ्गलवार साँझ धनगढी आइपुग्नु भएको छ । मङ्सिर १४ गते विहान ८ : ३० बजे एमालेले बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राको उद्घाटनका लागि उहाँ धनगढी आउनु भएको हो ।
मधेश प्रदेश सरकारले पछिल्लो एक वर्षमा जनतालाई अनुभूत हुनेगरी काम गर्न नसकेको सांसदहरूले बताउनुभएको छ । जनतामा सरकारको बजेटको अनुभूत नहुँदा सरकार र नेताप्रति व्यापक असन्तुष्टि बढेको उहाँहरूको भनाइ छ ।
सुदूरपश्चिमको बैतडी झुलाघाटबाट मङ्सिर १४ गते सुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ।
नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र चितवन एफसी बराबरीमा रोकिएको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा काठमाडौँ र चितवन १-१ गोलको बराबरीमा रोकिएको हो ।
आर्थिक वर्ष २०७/र८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो। फछ्र्योट गरिएकामध्ये कतिपय मिलापत्र गरेर टुङ्गिएका छन् भने केही मुद्दा अदालत पुगेका छन्।
सरकार संविधानतः प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको छ ।
ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमा एकसय बढी रोगीको आँखाको शल्यक्रिया गरिएको छ। मङ्गलबार सकिएको शिविरमा मोतियाविन्दु भएकासमेत कुल १३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको हो।
सन् २०२३ को यु–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो।