बर्खामा आउन सक्ने विपत्को व्यवस्थापनका लागि सरोकारवालालाई तयारी अवस्थामा राखिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो। उहाँले केही दिनअघि मात्रै विपत्सँग सम्बन्धित सरोकारवालासँग बसेर छलफल गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “सकभर विपत् नआओस्, आइहाले पनि कम क्षति होस्।”
प्रतिकुल मौसमका कारण झन्डै एक सातादेखि डोल्पा– नेपालगन्ज हवाई सेवा नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सरकारी तथा व्यक्तिगत कामले नेपालगन्ज झर्न जुफल विमानस्थलमा पुगेका यात्रुहरू जुफलका होटलहरुमा अलपत्र परेका हुन ।
सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग निर्माणको काममा ढिलाइ भएको छ। गत २०७९ साल असोज महिनादेखि नै प्रारम्भिक चरणको काम सुरु भए पनि सुरुङ मार्गको डिजाइन स्वीकृति नहुँदा निर्माणले गति लिन नसकेको हो। सुरुङ मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाइले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ। निर्माण पक्षले सुरुङ मार्गको डिजाइन तयार गरेर स्वीकृतिका लागि नेपाल सरकारलाई पठाइसकेको छ। यद्यपि अहिलेसम्म डिजाइन स्वीकृति हुन नसकेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले बताउनुभयो।
तत्कालीन नेकपा (माओवादी) र सरकारबिचको द्वन्द्व समाधान तथा शान्तिको कामना गर्दै निर्माण गरिएको राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। तुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरमा रहेको उक्त उद्यानमा भ्रमण तथा घुमफिरसँगै वनभोज तथा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ। यस उद्यानमा घुमफिर, पिकनिक तथा अध्ययनका लागि दिनहुँ सर्वसाधारणको भिड लाग्ने गरेको छ। पछिल्ला वर्षमा उद्यानको विकास र विस्तार भएसँगै यहाँ जिल्लाबाहिरबाट पनि आउने गरेका छन्।
पुतली बजार नगरपालिकाले सुन्तलाको नगरको पहिचान दिने उद्देश्यले ओरेन्ज रङ्गले सजिएको सुन्तलाको प्रतीक राखेको छ । नगरपालिकाले दुई वटा हरिया पात र डाँठ सहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा राखेको हो ।
बर्खा लागेसँगै बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्का घटना दिनप्रतिदिन बढ्न थाले पनि कैलालीका अधिकांश स्थानीय तहले विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी कुनै योजना बनाएका छैनन्। विपत् आइपरेपछि मात्रै तात्तिने परिपाटीका कारण स्थानीय सरकार अझै तयारीमा नजुटेको भनाइ विपत् प्रभावित स्थानीयवासीको छ। बर्खा लागेसँगै बाढी, डुबान, पहिरोलगायतका समस्या भोग्दै आएका कतिपय पालिकाले समेत यस वर्षका लागि स्थानीय तहमा विपत् प्रतिकार्य योजना बनाएका छैनन्।
मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुने विकास बजेट एउटै योजनामा नलगाउन आग्रह गर्नुभएको छ । मोरङको मधुमल्लामा मिक्लाजुङ गाउँपालिकाको १२ औँ गाउँ अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । सानासाना योजनामा बजेट नछर्न सुझाव दिँदै उहाँले उत्पादन गर्ने किसान केन्द्रित कार्यक्रम ल्याएकोमा पालिकालाई धन्यवाद दिनुभयो ।
भूक्षय र जलजन्य प्रकोपका दृष्टिकोणले प्रदेशकै जोखिमयुक्त जिल्ला ओखलढु्ङ्गामा मनसुन सुरु भएसँगै पहिरोको जोखिम बढेको छ। केही दिनयता मनसुन सक्रिय भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको हो। यही असार ७ गते राति परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर विलन्दुमा एकै परिवारका चार जनाको मृत्यु भयो। चम्पादेवी गाउँपालिका–८, विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उहाँकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको थियो। गाउँभन्दा माथिबाट आएको पहिरोका कारण अन्य १० घर उच्च जोखिममा परेका छन्। विलन्दुको गुरुङगाउँ स्थान्तरणको काम भइरहेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले जिटुजी (सरकारदेखि सरकार) प्रक्रियाबाट मल खरिद गर्नका लागि रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्नुपर्ने बताउनुभएको छ । जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्ने बताउँदै उहाँले त्यसका लागि ऐन तथा नियमावली संशोधन गर्नुपर्ने कुरामा जोडदिनुभयो । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले रासायनिक मल खरिद प्रक्रियाको टेन्डर ४५ दिन रहेकामा अब १५ दिन राख्ने गरी कृषि मन्त्रालयले प्रस्ताव अघि बढाएको जानकारी पनि गराउनुभयो ।
बाह्य क्षेत्र सन्तुलनमा ल्याउत तरलता सङ्कुचन हुने गरी परिवर्तन गरिएका दर घटाउनु उपयुक्त हुने निजी क्षेत्रले सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव दिन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले राजधानीमा बिहीबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अनिवार्य नगद अनुपात, बैङ्क दर र नीतिगत दर बजारको आवश्यकता अनुसार घटाउनु उपयुक्त हुने सुझाव दिइएको हो ।
अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्तो गम्भीर कार्यलाई फौजदारी कसुर कायम गरी त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई सजाय दिन सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ। यसबाट पीडामा रहेका लाखौँ ऋणी झन् आहत हुने भएका छन्। प्रतिस्थापन विधेयक पारित गर्न सरकारले संसद्मा पेस गरेको अवस्थामा प्रतिपक्षीको अवरोधका कारण मिटरब्याज पीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश नि
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई) कुवेत र मलेसियामा काम गर्नुभयो ।
सोक्रेटसको कथन छ, “सजिलोसँग आर्जन गर्न नसकिने सम्पत्ति भनेको विचार र विवेक हो।” अतीतबाट सिकेर पुर्खाले गरेका भुल दोहोरिन नदिने र विवेकशील बनेर अघि बढ्नेहरू सफल हुन्छन्, यसका लागि सदविचार तथा विवेकको बाटो मात्रै सफलतामा पुग्ने उपाय बन्न सक्छ। सबैतिरबाट आएका असल विचार मन्थन हुने ठाउँ नै संसद् हो भनिएको छ, ऋग्वेदमा। सन् ९३० मा पार्लियामेन्ट सुरु भएको कुरा युरोपको इतिहासमा पाइन्छ। पूर्वीय गोलार्धमा पाँच हजार वर्ष पहिले नै सभ्य र
वर्षौँदेखि ज्यान जोखिममा राखेर स्थानीय सरस्वती खोलाको बाढी तर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ उत्तराई टोलका बासिन्दालाई अव भने वडा कार्यालय र नगरपालिकासम्म सरकारी सेवा लिन जान सहज भएको छ ।