कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ ।
अलैँचीका बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो मौसममा करिब एक लाख बिरुवा बिक्री गरेको छ । अलैँचीको बिरुवा रोप्ने यो मुख्य मौसम रहेको र बढी बिरुवा पश्चिमी जिल्लामा गइरहेको केन्द्रका बागवानी विकास अधिकृत अनुपा सुवेदीले बताउनुभयो । केन्द्रले रामसाही, गोलसाही, भर्लाङ र जिर्मले जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको सुवेदीले जानकारी दिनुभयो । यस पटक केन्द्रले उत्पादन गरेका बिरुवा दोलखा, रामेछाप, गुल्मीलगायतका जिल्लामा पठाइएको छ । यस्तै ताप्लेजुङ, पाँचथर र इलाममै पनि बिक्री भएको छ ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ ।
रमेश विकलको लुकेको प्रतिभा नामक चित्रकलाको पुस्तक बिहीबार काठमाडौँमा लोकार्पण गरिएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अथिति शर्माले रमेश विकल साहित्यकार सँगसँगै राम्रो कलाकार पनि हुनुहुँदो रहेछ भनेर उहाँको पुस्तक पढेर थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानैदेखि परिचित थियौँ, उहाँ राम्रो लेखक हुनुका साथै अलि अलि चित्र पनि कोर्नुहुन्छ भन्ने पनि मलाई थाहा थियो तर यति राम्रो चित्र बताउनुहुँदो रहेछ भनेर चाहिँ पुस्तक पढेपछि मात्र थाहा पाएँ ।”
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ ।
दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ निवासी ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुलेर कुरा गर्नुभएको छ । राजनीतिमा मौलाएको विकृति र विसङ्गतिको आक्रोश पोख्न पाए मन शान्त हुने बताउनुहुने उहाँ लामो समयदेखि सिंहदरबार धाइरहनुभएको थियो । आफ्ना ५५ वर्षीय छोराको उपचारका लागि प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने पनि उहाँको अभिलाषा थियो ।
प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रियभइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो । बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुक्रबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ ।
निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जित्नुभएको हो ।
जताततै सडक बजारमा खुला छाडिएका घोडा खच्चडका कारण फोहर बढ्नुका साथै यातायातका साधन सञ्चालनमा समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन अभियान सुरु गरेको छ ।
आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।
अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए ।
आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।