दस वर्ष नेपालमा जनयुद्ध कुशलतापूर्वक सञ्चालन गरेर शान्ति प्रक्रियामार्फत देशको कायापलट गर्ने सोच र योजनाबमोजिम पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो। मुलुकको राज्यसत्ता पुरानै ढाँचामा थियो। सुरुमा माओवादी संसदीय व्यवस्थामा खेल्न पोख्त पनि थिएनन्। त्यस कारण कैयौँ वर्षसम्म संसदीय व्यवस्था बुझ्न नै उनीहरूको समय बित्यो। पुरानो संसदीय व्यवस्थाको राज्य संरचना, सामन्ती, पछौटे र गैरप्रगतिशील थियो। त्यसका अदालत, जेल, कर्मचारीतन्त्र, नियम–कानुन, अर्थतन्त्र, संस्कृति तथा सञ्चार अङ्ग पनि पुरानै सामन्ती, पछौटे, प्रतिक्रियावादी र गैरप्रगतिशील भएकै कारण सत्तामा बसेर पनि माओवादीले तात्त्विक फरक दिन सकेन ।
नेपालको राष्ट्रिय योजना आयोग विकास परिषद्को निर्देशनमा देशको विकास योजना र नीति तर्जुमा गर्ने सल्लाहकार निकाय हो। यो विकासका लागि राष्ट्रिय दृष्टि, आवधिक योजना र नीति तर्जुमा गर्ने नेपाल सरकारको सर्वोच्च सल्लाहकार निकाय हो। यसको नेतृत्व सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको छ। राष्ट्रिय योजना नियन्त्रित अर्थ व्यवस्था हुँदा स्थापना गरिएकोमा यसले स्रोत आवश्यकता मूल्याङ्कन गर्दछ, कोषको स्रोत पहिचान गर्छ। सामाजिक–आर्थिक विकासका लागि बजेट विनियोजन गर्छ।
दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पाल्नुभएको छ ।
दोलखाको बिगु गाउँपालिकास्थित बाह्र सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने) महत्वपूर्ण स्थल ओझेलमा परेको छ । पल्टन डाँडाको प्रचारप्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीय बताउँछन् । वडा नम्बर ३ र ४ को नजिक परे पनि गाउँपालिकाका आठै वटा वडाको शिरमा यो स्थान पर्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुक सङ्घीय संरचनामा गइसकेपछि आर्थिक सामाजिक विकासका लागि प्रदेशबाहेकको विकल्प नभएको बताउनुभएको छ । मन्त्री परिवर्तन भएपछि योजना र कार्यक्रम पनि फेर्ने प्रवृत्तिले दिगो विकास नहुने र उत्पादन बढाउने कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर जानेतर्फ अगाडि बढेको बताउनुभयो । विनियोजन विधेयक, २०८० को छलफलका क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहितका निकायमाथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेश सभा बैठकमा बिहीबार उहाँले प्रदेश सभालाई संरचनागत रूपमा सुदृढ गर्नुपर्ने, लोक सेवा आयोगको भवन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले प्रदेश नीति तथा योजना आयोग व्यवस्थित रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिकाको नयाँ निर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले सबै जनताको अभिभावक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताका आवश्यकताका विषयमा पारदर्शी रूपमा गुणस्तरीय र परिणाममुखी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहको प्रशासनिक भवन, स्वास्थ्य भवन, वडा भवनमा जिससले साझेदारीमा बजेट प्रदान गरेको बताउनुभयो ।
इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गायक सुनिल छिदालको साङ्गीतिक कोसेली ‘आई एम सरी’ बोलको गीत सुनिल छिदाल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । जनम रुङ्माहाङ राईको शब्द र छिदालको स्वर र सङ्गीत रहेको गीतको भिडियोमा टिकटक स्टार अनु परियारको साथमा छिदालको अभिनय रहेको छ ।
गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।
धनकुटामा हालसम्म १० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । असारको तेस्रो साता बित्दासम्म अघिल्लो वर्षको अनुपातमा कम रोपाई भएको हो ।
त्रियुगा नगरपालिका–१५ को बाझो जमिनमा घाँस खेती कार्यक्रम सुरु गरिएको छ । दक्ष जनशक्ति र युवा रोजगारका लागि विदेश पलायन भएसँगै त्यस क्षेत्रमा धेरै जमिन बाँझो रहेकाले पशुपालन गर्ने किसानलाई लक्षित गरी त्यस्तो जमिनमा घाँस खेती सुरु गरिएको हो । डिभिजन वन कार्यालय गाईघाटसँगको सहकार्यमा मानव अधिकार तथा विकास केन्द्र नामक गैरसरकारी संस्थाको सक्रियतामा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत समूहमार्फत बाझो जग्गामा घाँसलगायत विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको संस्थाका अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो ।
अर्थोडक्स चियाको क्षेत्रमा जिल्लाबाहिरका छ वटा उद्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ । टे«डमार्क पाउने उद्योगमा भोजपुर जिल्लास्थित गरस चिया उद्योग, इलाम जिल्लास्थित सिल्भर माउन्टेन टी इन्डस्ट्रिज प्रालि, फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धदेवी टी स्टेट प्रालि, नोर्लिग स्पेसियालिटी टी प्रालि, ला मण्डला स्पेसियालिटी टी रहेका छन् ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको धारणा राख्नुभएको छ । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) द्वारा आयोजित साउथ एसिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै सारफीका उपाध्यक्षसमेत रहनुभएका गभर्नर अधिकारीले यस्तो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “डिजिटल वित्तीय सेवा हाम्रो बैङ्किङ प्रणालीको अभिन्न अङ्ग हो । कोभिड जस्ता सङ्कट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पु-याउँछ ।” बैठकमा उहाँले दक्षिण एसियाली मुलुकहरूबिचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अजरबैजानका राष्ट्रपति इहाम हैदर ओग्लु अलियेभसँग भेटवार्ता गर्नुभएको छ। असंलग्न आन्दोलन समूहको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहनुभएका मन्त्री साउदले बिहीबार त्यहाँका राष्ट्रपति अलियेभसँग भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय हित तथा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
द राइजिङ नेपालको प्रबन्ध सम्पादकमा परमेश्वरप्रसाद देवकोटा नियुक्त हुनुभएको छ । बुधबार गोरखापत्र संस्थान व्यवस्थापनले देवकोटालाई उक्त पदमा नियुक्त गरेको हो ।