खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण हुनु भयो ।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे ।
जापानमा एउटा अनौठो मन्दिर छ । छ सय वर्ष पुरानो यो मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो । जसलाई त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश वाहकका रूपमा पनि लिने गरिन्छ । यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ । सन् १२८५ मा बौद्धभिक्षु काकुसान सिदो नीले स्थापना गरेको यो मन्दिर एक बौद्ध मन्दिर हो । सुरुमा महिलाका लागि आध्यात्मिक मार्गदर्शन र सहयोग स्थलका रूपमा यो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाको अवस्था नाजुक थियो । उनीहरूसँग आधारभूत अधिकार पनि थिएन । त्यसका अतिरिक्त महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तोमा महिला आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । अनि महिलाले यस मन्दिरमा गएर शरण लिने गर्दथे ।
रुसले युक्रेनमाथि आक्रमण गरेसँगै आफू असुरक्षित भएको महसुस गरेको फिनल्यान्ड अन्ततः उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध भएको छ । नेटोको ३१औँ सदस्य बनेको फिनल्यान्डमाथि अब रुसले आक्रमण गर्न कठिन छ। यो मुलुकको सुरक्षा अब नेटोले गर्नेछ। फिनल्यान्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा रेखा छ। नेटोका सैनिकलाई रुसको सीमासम्म आउन बाटो खुलेको छ। यो रुसका लागि ठूलो भूराजनीतिक चुनौती बनेको छ।
क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ । त्यही अनिश्चितताभित्र नेपालले सुनिश्चितता खोजिरहेको छ । त्यसकै प्रयासमा विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगिता छनोटमा सिधै छानिएको नेपाल सुपर सिक्समा पुग्न भ
बाँकेमा गत आर्थिक वर्ष २०७९-०८० मा १३ हजार युनिटभन्दा बढी रगत सङ्कलन भएको छ ।
पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) रोगले लुम्बिनी प्रदेशमा भयावह रूप लिएको छ। लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका यो रोग लागेर पशु मर्ने क्रम रोकिएको छैन । लुम्बिनी प्रदेशका १२ जिल्लामा बुधबारसम्म यो रोगबाट एक लाख १८ हजार ३५१ पशु सङ्क्रमित भएका छन्। लुम्बिनी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयका अनुसार सङ्क्रमित पशुमध्ये ७९ हजार ६०८ पशुलाई उपचार गरिएको छ। तीमध्ये २४ हजार १०४ पशु निको भएका छन् भने अन्य निको हुने क्रममा छन्।
बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् ।
छ महिनाअघिदेखि पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले बगाएको छ। केही दिन अघिदेखि परेको वर्षाले माथिबाट पहिरो खस्दा सुरुङ मार्गको दुवैतर्फ निर्माण सकिएको ढोका पूरै भत्किएको हो। सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु-याएको निर्माण पक्षले जनाएको छ। ढोकाको ५० मिटर माथिबाट ठुलो चट्टानसहित पहिरो खसेर क्षति पु-याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिनुभयो। यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो। सुरुङ तल्लो भाग सिद्धबाबा मन्दिरनजिकै बनेको सुरुङ मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ। बर्सातको समयमा पनि चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङ मार्गको काम गरिरहेको थियो। बर्सातको समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोका रूपमा खसेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो। क्षतिग्रस्त सुरुङ मार्गको ढोका पुनर्निर्माण गरेर अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जैसवालले बताउनुभयो। पहिरो जान सक्ने क्षेत्र भएकाले यो समयमा काम नगर्न भने पनि व्यवसायीले कामलाई निरन्तरता दिँदा समस्या भएको उहाँले बताउनुभयो। सुरुङ मार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाइ हुने आशङ्का गरिएको छ।
लुम्बिनी विकास कोषको परिषद् बैठकले रुपन्देहीको सैनामैना र पश्चिम नवलपरासीको पण्डितपुरलाई लुम्बिनी विकास कोष क्षेत्रभित्र समेट्न प्रस्ताव गरेको छ। बुद्धकालीन समयमा कपिलवस्तु राज्य अन्तर्गत रहेका १० वटा ठुला सहरमध्ये सैनामैना पनि एउटा प्रमुख सहर रहेको र सैनामैना क्षेत्र भगवान् बुद्धको जीवनसँग जोडिएको संस्कृतिविद् डा. गितु गिरीले बताउनुभयो।
मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा उत्पादित वस्तुमा प्रयोग गर्ने गरी ‘मूल्यवान्’ अङ्कित प्रतीक चिह्न सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको कृषि उत्पादन मूल्यवान रहेको चर्चा गर्दै कर्णालीको विकासमा कृषिको योगदान पनि महत्वपूर्ण हुने भएकाले किसानलाई प्रेरणा दिने कार्ययोजना ल्याइएको बताउनुभयो।
रुकुम जिल्ला अदालतबाट आर्थिक वर्ष २०७९/८० मा फैसला भएका ४३७ मुद्दामध्ये दुई सय मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। अदालतका अनुसार आर्थिक वर्ष २०७९/८० मा फैसला भएकामध्ये ४५.७७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। अदालतका निमित्त स्रेस्तेदार लक्ष्मण विकका अनुसार फैसला भएकामध्ये दुई सय वटा मुद्दा सम्बन्धविच्छेका छन्। जम्मा ६०३ वटा मुद्दा आएकोमा २७३ वटा सम्बन्धविच्छेदका रहेका छन्। कुल मुद्दामध्ये ४०१ वटा देवानी, २०२ वटा फौजदारी मुद्दा रहेका छन्। दुई वटा मुद्दा भने पुनरावेदन तर्फका छन्।